कतारवाट आएकी दाङकी एक महिलाको कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट ‘नेगिटिभ’देखिएको छ ।
आईतबार उनीसहित बेलझुण्डीको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा रहेका अर्का एकजनाको रिपोर्ट पनि नेगिटिभ आएको छ ।
हाल संक्रमित युवति सवार कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा आएकी उनको रिपोर्ट नेगिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
उनीहरु दुवैको शनिबार स्वाव संकलन गरि काठमाडौं पठाईएको थियो ।
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार










प्रतिक्रिया दिनुहोस्