बाँकेको खजुरा गाउँपालिका ४ बन्यो सुविधा सम्पन्न क्वारेन्टाईन



नेपालगञ्ज ।

भारतमा रोजगारीबाट फर्किएका ब्यक्तिहरुका कारण कोरोना भाईरसको उच्च जोखिम भएपछि बाँकेमा वडास्तरमा पनि क्वारेन्टाईन बनाउन सुरु गरिएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ४ ले शनिबारदेखि क्वारेन्टाईन स्थापना गरेको छ । वडाबाट ठुलो सङ्ख्यामा नागरिकहरु भारतमा रोजगारीका लागि प्रचलन छ, वडा अध्यक्ष तिलकवीर सुनारले भन्नुभयो,– कोरोना भाईरस देखिएपछि एकसाथ धेरैजना भारतबाट भित्रिएका कारण वडालाई सुरक्षित बनाउन वडामै क्वारेन्टाईन स्थापना गरेका छौं ।

भारत रोजगारीबाट हालसालै फर्केका ब्यक्तिहरुका कारण वडाबासी उच्च जोखिममा भएपछि उनीहरुका लागि क्वारेन्टाईन बनाइएको हो ।

केही दिनभित्र भारतबाट फर्केकाहरुको पहिचान गरेपछि उनीहरुलाई राख्नका लागि क्वारेन्टाईन बनाइएको वडा अध्यक्ष सुनारले जानकारी दिनुभयो ।

कृषि तालिम केन्द्रमा रहेको कृषि ब्यवसाय प्रवद्र्धन सहयोग तथा कृषि तालिम केन्द्रको छात्राबासमा क्वारेन्टाइन स्थापना भएको हो । शनिबारसम्म १५ जना क्वारेन्टाईनमा छन् ।

क्वारेन्टाईनमा बस्नेहरुले प्रर्याप्त सेवा सुविधा रहेको जनाएका छन् । वडा अध्यक्ष सुनारले वडाभित्रका विपन्न समुदायका ब्यक्तिलाई समेत सहयोग गरिने बताउनुभयो । त्यसका लागि कोष समेत बनाइएको वडा सदस्य दलबहादुर विसीले जानकारी दिनुभयो । ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार