कोहलपुर/ कोहलपुर जेसिज वर्ष–२०१९ की अध्यक्ष संगिता सुवेदीले दृष्टिविहिन विद्यार्थीहरुसँग जन्मदिन मनाएकी छिन् । कोहलपुर उद्योग वाणिज्य संघकी सदस्यसमेत रहेकी सुवेदीले आफ्नो जन्मदिन कोहलपुर नगरपालिका–१० मा रहेको त्रिभुन माध्यमिक विद्यालयमा रहेका दृष्टिविहिन विद्यार्थीहरुसँग मनाएकी हुन् । सामाजिक कार्यमा तल्लीन उनले त्यहाँ रहेका दृष्टिविहीनहरुलाई साँझको खाना, फलफुल, जेरी लगायतका खानाका परिकार खुवाएर उनीहरुसँगै जन्मदिन मनाएकी हुन् ।
विद्यार्थीहरुसँग जन्मदिन मनाउन पाउँदा आफ्नै परिवारका सदस्य जस्तो लागेको बताईन् । साथै उनले जन्मदिनमा गरिने अनावश्यक खर्च कटाएर बालबालिकाहरुसँगै रमाएर जन्मदिन मनाएको र अरुलाई पनि फजुल खर्च नगरि सामाजिक कार्यमा खर्च गर्न आग्रह गरिन् । सो अवसरमा सुवेदीका बुवा आमा र बालबालिकाहरुले जन्मदिनको शुभकामना दिएका थिए ।
विद्यार्थीहरुले खुसी हुँदै गित, कविता, चुट्कीला समेत सुनाएका थिए । जन्मदिनको अवसरमा सुवेदीले ले हरेक वर्ष विद्यालयका बालबालिकासँगै केक काटेर मनाउँदै आएको बताएकी छिन् ।









प्रतिक्रिया दिनुहोस्