रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया,
बर्दियाको बाँसगढी नगरपालिकामा जारी तेस्रो मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा नेरा मावि लक्ष्मणपुर शीर्ष स्थानमा रहेको छ । मंगलवार सम्म भएका खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेरा मावि लक्ष्मणपुर ५ पदक सहित शीर्ष स्थानमा छ । त्यस्तै ४ पदक सहित जनप्रिय मावि दमौली दोस्रो स्थानमा छ भने ३ पदक सहित त्रिभुवन मावि ककौरा र लक्ष्मी मावि चेपाङ्ग तेस्रो स्थानमा रहेको विद्यालयका सूचना अधिकारी बलराम भुजेलले जानकारी दिए ।
त्यस्तै नेरा मावि बाँसगढी, पूर्णहिरा मावि लक्ष्मणा, बाँसगढी एकेडेमी बाँसगढी २ पदक सहित चौथो स्थानमा छन । भने १ पदक सहित जीवनज्योति मावि राँझा र गोल्डेन फ्युचर वेलवा पाँचौ स्थामा रहेको छ । खेलकुद प्रतियोगितामा छात्र लम्जम्प तर्फको खेलमा पूर्णहिरा मावि लक्ष्मणाका सन्देश चौधरी प्रथम, त्रिभुवन मावि ककोराका सागर चौधरी द्धितीय, जिवनज्योति मावि राझाँका सुरेश विक तृतीय भएका छन् । त्यस्तै सटफुट थ्रो तर्फ नेरा मावि लक्ष्मणपुरका प्रदिप चौधरी प्रथम, बाँसगढी एकेडेमी बाँसगढीका नेत्र बहादुर खाँड ठकुरी द्धितीय र त्रिभुवन मावि ककौराका लक्ष्मण थारु द्धितीय भएका छन् । ८ सय मिटर दौड तर्फ नेरा मावि लक्ष्मणपुरका सुनिल विक प्रथम, नेरा मावि बाँसगढीका हरि रोकाय द्धितीय र लक्ष्मी मावि चेपांङ्गका दिपक चन्द तृतीय भएका छन् ।
छात्रा सटफुट थ्रो तर्फको खेलमा जनप्रिय मावि दमौलीकी कौशिला रोकाय प्रथम, पूर्णहिरा मावि लक्ष्मणाकी उर्मिला थारु द्धितीय, नेरा मावि लक्ष्मणपुरकी रोशनी नेपाली तृतीय भएकी छिन् । लम्जम्प छात्रा तर्फ गोल्डेन फ्युचर वेलवाकी अर्चना कुमारी थारु प्रथम, नेरा मावि लक्ष्मणपुरकी बिन्दु खड्का द्धितीय र जनप्रिय मावि दमौलीकी रुपाकुमारी थारु तृतीय भएकी छिन् । त्यस्तै ८ सय मिटर दौड तर्फ नेरा मावि लक्ष्मणपुरकी दुर्गा विक प्रथम, जनप्रिय मावि दमौलीकी सिमा बोटे द्धितीय, लक्ष्मी मावि चेपांगकी उर्मिला बोहोरा तृतीय भएकी छिन् । प्रतियोगितामा छात्र छात्रा तर्फको भलिवल खेल सुरु भएको छ ।
भलिवल छात्र तर्फको खेलमा जनप्रिय मावि दमौलीले मातृभूमि सामुदायिक स्कूल ककौरालाई जितेको छ । नेरा मावि बाँसगढीले जनता मावि बठुवालाई जितेको छ । त्यस्तै जनता मावि बनमुरुवाले भृकुटी मावि डेउढाकलालाई जितेको छ भने लक्ष्मी मावि चेपाङ्गले बाँसगढी एकेडेमी बाँसगढीलाई जितेको छ । छात्रा भलिवल तर्फको खेलमा नेरा मावि लक्ष्मणपुरले त्रिभुवन मावि ककौरालाई जितेको छ । जनता मावि बनमुरुवाले भृकुटी मावि डेउढाकलालाई जितको छ । त्यस्तै जनता मावि बठुवाले लक्ष्मी मावि चेपांगलाई जितेको छ । बाँसगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र जनप्रिय मावि दमौलीको सह–आयोजनामा जारी प्रतियोगिता फागुन ९ गते सम्म मुल आयोजक समितिका सदस्य सचिव तथा सह–आयोजक विद्यालयका प्रधानाध्यापक सर्भिस शर्माले बताए ।








प्रतिक्रिया दिनुहोस्