कलियुगमा महादेव प्रकट भएपछि



शुभाकर विश्वकर्मा । कोहलपुर ।

२०५० सालको भाद्र कृष्णपक्ष प्रतिपदाको मध्यरातमा कर्ण प्रताप सेनको सपनामा दुई यौगी अलौकिक रुपधारी साधुसँग साक्षात्कार भयो । उनीहरुले कर्ण प्रतापलाई भने, ‘शत्रुहरुले धुम्र ऋषिहरुलाई आक्रमण गरे, हामी जालमार्ग हुदैँ कालिगण्डकीबाट विष्णु शालिग्रामतिर मुक्तिक्षेत्र हिडेऔँ ।’ लगत्तै दुई वडा शिवलिंङ्ग देखा परे । एउटा सुनको जस्तो र अर्को अलौकिक प्राकृतिक चित्र नकोरिएको जस्तो । कर्ण प्रताप सेन सुनाउँछन्, भगवान ‐महादेव)ले मेरो परिक्षा लिनु भयो । दुइटा बहुमुल्य वस्तु मध्ये अलौकिक मुर्ति लिएर आउदै गर्दा सपनामा उनको निन्द्रा भंग भयो । र रातभरी जाग्राम बसे ।

उज्यालो भएपछि पैँयु र मर्दि खोलाको संगम निवासी सेन गंगामा स्नान गरी सपनामा देखिएको शिवलिंङ्ग खोजि गर्न गएर तर पत्ता लागेन । निराश भएर फर्किए उनी । तर उनी आराम गरिरहेको बेला उनकै अगाडि ‘तपाइले मलाई अझै चिन्न सक्नु भएन म विश्व विराज महादेव हुँ भन्दै दिव्या वाणी प्राप्त भयो ।’ विश्व विराट भगवानलाई प्रणाम् भन्दै आशिर्वाद लिए । कर्ण प्रताप सेन त्यसपछि कालिगण्डकीको नदि किनारामा उत्खनन् गर्न लागे र १२ जमिन मुनी अलौकिक पत्थरयुक्त विशाल शिवलिंङ्गको मुर्ति भेटियो । सम्पूर्णको सहयोगमा उनकै घरमा ल्याइयो । पर्वत जिल्ला निवासी सेनले १० वर्ष सम्म आफ्नै घरमा पूजाआजा गरेर राखे ।

पछि २०६५ मा उनको सक्रियतामा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ प्रेमनगरमा ल्याइयो । १० वर्षपछि विश्व विराट महादेवको मुर्ति प्रेमनगरस्थित विश्व विराट महादेव शिव मन्दिरमा विशेष धार्मिक विधि अनुसार औपचारिक रुपमा प्रतिस्थापन गरिएको छ । बहुआयमिक धार्मिक सांस्कृतिक धरोहरको रुपमा विकास गर्नको लागि उक्त स्थानमा मुर्ति प्रतिस्थापन गरिएको हो । विश्व विराट महादेव शिव मन्दिर निर्माण समितिका अध्यक्ष युवराज पौडल अहिले पनि जिउँदो अवस्थामा रहेका व्यक्तिका माध्यमबाट प्राप्त भएको अलौकिक निधिलाई जोगाउने र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको बताउँछन् । उनी भन्छन्, ‘कलियुगको साक्षात महादेवको रुपको रुपमा संरक्षण गर्ने समेत हाम्रो अभियान हो, रयसको माध्यमबाट धार्मिक पर्यटनको निकै सम्भावना रहेको छ ।’

उक्त स्थानमा बोधाश्रम, बृद्धश्राम र सत्तल निर्माण भइरहेको मन्दिर निर्माण समितिले जनाएको छ । विभिन्न सहयोगीहरुको सहयोगमा उक्त स्थानमा विभिन्न धार्मिण पिठहरुको निर्माण भइरहेको छ । अध्यक्ष पौडेलका अनुसार मन्दिर निर्माणको प्रदेश सरकारले १० लाख र कोहलपुर नगरपालिकाले ४ लाख सहयोग गरेका छन् । भने अन्य सम्पूर्ण सहयोग यहाँका दातृ निकाय र धार्मिक व्यक्तिहरुबाट प्राप्त भएको छ । अहिले सम्म ५० लाख रुपैयाँ बराबरको खर्च भइसकेको उनले जानकारी दिए । सम्पूर्ण भौतिक संरचनाहरु सहयोग कै भरमा निर्माण भइरहेको भन्दै पूर्ण संरचना बन्नेको लागि साढे २ करोड बढि रकम आवश्यक रहेको उनको भनाइ छ ।

‘बाँकेको धार्मिक पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौ’ अध्यक्ष पौडेलले भने, ‘धर्ममा आस्था राख्ने र धार्मिक पर्यटकहरुको लागि यो धरोहर नै बनेमा हामी विश्वस्त छौ ।’ यता पर्वत समाज बाँकेका अध्यक्ष पोष्टराज भूसालले समाजकै सक्रियतामा जिल्ला कै ऐतिहासिक महत्व बोकेको घटना भएकोले पनि संरक्षण गर्नको लागि मन्दिर निर्माण कार्य गरिएको जानकारी दिए । उनका अनुसार अलौकिक मूर्तिको बारेमा सपना देख्ने सेन अहिले पनि जिउदै छन् । उनको सपना गर्न उनकै इच्छा अनुसार कोहलपुर ल्याएको र लामो समय पछि प्रतिस्थापन भएको बताए ।

प्रकाशित मिति : २०७६ फागुन ७ गते बुधबार