नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा सञ्चालित सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलको खेलकुद सप्ताह सकिएको छ । वार्षिक क्यालेण्डर अनुसार सञ्चालन गरीएको खेलकुद सप्ताहको सोमबार एक कार्यक्रमका बिच समापन गरीएको थियो । उक्त अवसरमा विद्यालय परिसरमा विभिन्न कार्यक्रमहरु गरिएका थिए । वार्षिक खेलकुद दिवस समापनका क्रममा विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरीएको थियो । वर्षभरी सञ्चालन गरीएका गतिविधिमा उत्कृष्ट भई प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्न सफल छात्रछात्रालाई विद्यालयका संस्थापक प्रिन्सीपल के.बी. बसेल, प्रिन्सीपल शुसिला बसेल लगायतले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरे ।
समापन समारोहमा विद्यार्थीहरुले विभिन्न आकर्षक कला समेत प्रस्तुत गरेका थिए । खेलकुद सप्ताह समापन कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले सोफीया स्कुलले क्षमतावान र योग्य जनशक्ती उत्पादन गर्ने कुरामा आफु विश्वस्त रहेको बताए । पढाईसँगै यस्ता खेलकुद लगायतका गतिविधीले विद्यार्थीको चौतर्फी विकासमा मद्धत पु¥याउने उनले भनाई रहेको थियो । शोफिया स्कूलमा हाल साढे ५ सय जना विद्यार्थीहरु अध्ययनरत छन भने १० कक्षा सम्म पढाइ हुदै आएको छ । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, पत्रकार लगायतहरुको उपस्थिती रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्