संघको साधारण सभा बैशाखमा हुने



कोहलपुर ।

बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको १० औँ साधारण सभा आगामी बैशाख महिनामा हुने भएको छ । कोहलपुरस्थित कार्यालयमा बिहिवार बसेको संघको बैठकले १० औँ साधारण सभा २०७७ बैशाख २७ गते गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको लागि हुने निर्वाचनमा संघका अध्यक्ष चक्र बहादुर अधिकारीलाई केन्द्रीय कार्यकारीणी सदस्य पदमा उम्मेदवारीको लागि सिफारिस गर्ने निर्णय गरेको संघका महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार महासंघका केन्द्रीय अध्यक्ष भवानी राणा लगायतका केन्द्रीय पदाधिकारीहरुको सहभागितामा स्वागत तथा भेटघाट कार्यक्रमको समेत आयोजना गरिएको थियो । केन्द्रीय अध्यक्ष राणाको टोली विभिन्न जिल्लामा रहेका संघहरुसँग भेटघाटको क्रममा कोहलपुर उद्योग वाणिज्य संघमा पनि आएको उनले बताए । भेटघाटको क्रममा अध्यक्ष राणाले संघका पदाधिकारीहरुलाई व्यावसायिक मर्यादा र अनुशासनमा रहेर कार्य गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

उक्त टोलीमा केन्द्रीय सदस्यहरु भरतराज आचार्य र प्रवलजंग पाण्डे लगायत रहेका थिए । स्वागत तथा भेटघाट कार्यक्रममा संघमा आवद्ध पदाधिकारी तथा सदस्य, र व्यवसायीहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २ गते शुक्रबार