सुर्खेत, २३ माघ
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा स्तनपान ९बच्चालाई दुध खुवाउने० कक्ष स्थापना गरिएको छ । प्रशासन कार्यालयको भवनभित्र स्थापना भएको उक्त कक्षको बुधबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले उक्त स्तनपान कक्षको उद्घाटन गरेका हुन् ।
उक्त स्तनपान स्थापना गर्नुको मुख्य उद्देश्य महिलामैत्री कार्यालय बनाउने रहेको प्रजिअ अधिकारीले बताए । जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय र यूएनओपिएसको समन्वयमा एक लाख दुई हजार पाँच सय ५० रुपैयाँमा स्थापना भएको हो । विशेष गरेर जिल्ला प्रशासनमा बच्चा बोकेर सेवा लिन आउने महिला सेवाग्राही र महिला कर्मचारीहरुलाई सहयोग पुर्याउने उद्येश्यले स्तन पान कक्षको स्थापना गरीएको बताए।
सुर्खेत जिल्ला प्रशासनमा स्थापना भएको स्तन पान कक्ष कर्णाली प्रदेशको पहिलो नमुना स्तनपान कक्ष भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। साथै उक्त स्तनपान कक्षभित्र अध्ययन गर्नको लागि स्तनपान सम्बन्धि सन्देशमुलक साम्रगीहरु प्रर्चा, पम्पलेट, पोष्टर तथा चार्टकोसमेत व्यावस्थापन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्