सुर्खेत । माघ १६,
मंगलबार टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि भएको प्रदर्शन उग्र बनेको छ । विहीबार विहान वीरेन्द्रचोकमा प्रहरीर आन्दोलनकारी बिच भएको झडपमा आन्दोलनकारीले हानेको ढुङ गा लागेर दैलेखका १ि१ बषिय बालक हिमाल नेपाली घाइते भएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिने क्रममा भएको झडपमा बालकलाइ ढुुङ गा लाग्दा उनको ओठ काटिएको छ भने बिचको दाँत पनि झरेको छ ।
सयौंको संख्यामा आन्दोलनकारी सडकमा आएका छन् । टिप्पर चालक र मालिक हरि विसीलाई जन्मकैद हुनुपर्ने र क्षेतिपुर्ति स्वरुप ५० लाखको माग राख्दै पीडित परिवार आन्दोलनमा उत्रिएका हुन । अहिले सुर्खेतमा सवारी साधन ठप्प पारिएको छ । पसलहरु सामान्य खुखेका छन् । प्रहरी धरपकडमा उत्रिएको छ भने केहि प्रदर्शनकारीलाई वीरेन्द्र चोकबाट नियन्त्रणमा लिएको छ ।
मंगलवार प्रहरीले बल प्रयोग गरी शव उठाएपछि स्थिति तनावग्रस्त बनेको हो । मृतकका केही आफन्तले शव उठाउने र दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रशासनसँग सहमति गरेका थिए । तर केही आफन्तले भने आमा कालिकोट र बुबा भारतबाट नआएसम्मका लागि शव नउठाउने अडान लिएका थिए । आफन्तले शव उठाउने सहमति गरीसकेको भन्दै प्रहरीले बल प्रयोग गरेर घटनास्थलबाट शव उठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले बालबालिकालाई सडकमा नआउन आग्रह गरे । ‘भीड अनियन्त्रित भएको छ । हामीले घर भित्रै बस्न आग्रह गरेका थियौं,’ उनले भने, ‘पेट्रोल नै बोकेर हिडिरहेको भीडलाई नियन्त्रणमा लिदा त्यस्तो भएको हो । उनले भने आफ्ना बालबालिकालाई घर भित्रै राख्न र जथाभाबि सडकमा नआउन अनुरोध गरेका छन्।









प्रतिक्रिया दिनुहोस्