कोहलपुर ।
कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । मंगलबार बिहान टिपरको ठक्करबाट युवकको ज्यान भएपछि वीरेन्द्रनगर तनावग्रस्त भएको हो । अहिले वीरेन्द्रनगरका विभिन्न भागहरुमा प्रहरी र आन्दोलकारीहरु दोहोरो झडप भइरहेको छ ।
भिडलाई नियन्त्रणमा लिनको लागि प्रहरीले एक दर्जन भन्दा बढी रबरको गोली चलाएको छ भने दर्जनौं राउण्ड अश्रुग्यास प्रहारको त्यहाँबाट पत्रकार चेत नारायण पाण्डेयले जानकारी दिएका छन् ।
उनका अनुसार दोहोरो झडपमा आधा दर्जन बढी प्रर्दशनकारीहरु घाइते भएका छन् । उनीहलाई अहिले उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।
वीरेन्द्रनगर ४ मुलपानी चोक नजिक मंगलबार बिहान भे १ ख २२४२ नम्बरको ट्रिप्परले टक्कर दिदा भे ६ प २१७८ नम्बरको मोटरसाइकल चालक कालिकोट महावै गाउँपालिका(३ घर भैइ हाल वीरेन्द्रनगरमा रहेका २० वर्षीया केशर सिंहको मृत्यु भएको थियो ।








प्रतिक्रिया दिनुहोस्