सम्पादकीय : विद्युतिकरण सहज बनाउ



सम्पुर्ण क्षेत्रमा विद्युतिकरणको पहुँच पु¥याउन टाउन प्लानिङ्ग क्षेत्रमा विद्युत विस्तार कार्य भईरहेको छ । बढ्दो लोडसेडिङ्ग अन्त्य गर्नको लागि विस्तार कार्य भईरहेको हो । त्यसको लागि पुराना पोलमा रहेका तार हट्नु पर्छ भने नयाँ तार हाल्नु पर्ने हुन्छ । त्यसको लागि कामको ठेकदारले काम पनि गरे । तीन महिनामा सक्नु पर्ने काम वर्ष दिन बितिसक्दा समेत हुन सम्पन्न हुन सकेको छैन । दुई पटक प्याद थप गर्दा समेत काम सम्पन्न हुन नसक्नु राम्रो सन्देश भने होईन । यसले स्थानीयमा राम्रो सन्देश पनि जादैन । तर विद्युत विस्तार गर्ने सरोकारवाला बीच नै समन्वय नहुँदा यस कार्यमा ढिलाई भईरहेको छ । लगभग अन्तिमा चरणमा रहेको काम सामान्य समस्याका बीच रोकिएको अवस्था छ । नगर विकास समितिले विद्युत प्राधिकरणलाई ठेक्कामा काम दिएको थियो ।

प्राधिकरण मार्फत ठेकेदारले काम पाए । सोही अनुसार पहिलो चरणमा काम अघि बढाएपनि विभिन्न स्थानमा देखिएका कारण काम सम्पन्न हुन सकिरहेको छैन । उक्त कार्यमा केबुल, टेलिफोन र फाईबरका सञ्चालकहरुले प्राधिकरणको निर्देशन नमानेपछि समस्या देखिएको हो । बारम्बार पुराना पोलमा रहेका तार हटाउनु भने पनि निर्देशन कार्यन्वयन हुने कुनै छाँटगाठ देखिएन । फलस्वरुप काम नै सम्पन्न हुन सकेन । यत्रतत्र तार छरिदाँ स्थानीयलाई समस्या हुने गरेको हो । भने दुर्घटनाको समेत जोखिम बढिरहेको छ । नयाँ तथा पुराना तारले सफा र सुन्दर नगरको शोभा नै घटाएको हो । तर अझै पनि समस्या समाधानको लागि सरोकारवालाको उचित ध्यान जान सकेको छैन । र अन्यौलता स्थापित भएको छ ।

टाउन प्लानिङ्ग क्षेत्रलाई सुरक्षित बनाउनको लागि व्यवस्थित विद्युतिकरणको आवश्यकता हुन्छ । त्यसैले सबैले आफ्नो जिम्मेवारी अनुसार दत्तचित्त भयौ भने विकास हाम्रौ गति हुने देखिन्छ । त्यसैले सहमति र सहकार्यमा आधामा काम गरांै, समृद्ध नगरको नारालाई सफल बनाउन लागि परांै । विद्युतिकरणमा सहज वातावरण सिर्जना गरांै । समाजमा सकारात्मक प्रभाव पर्ने कार्यमा सहयोग गर्नु असल नागरिकको कर्तव्य पनि हो । समस्या देखिएका स्थानमा समेत सबै नागरिकले दबाव सिर्जना गरौं । केबुल, टेलिफोन र फाईबार सञ्चालन गरिरहेकाहरुले पनि छिटो भन्दा छिटो समस्या समाधानको लागि सघाउँ ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ १४ गते मंगलबार