कर्णालीबाट नेकपाका मायाप्रसाद र सुमित्रा विजयी



चेत नारायण पाण्डेय सुर्खेत ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णालीबाट नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार मायाप्रसाद शर्मा र सुमित्रा विसी विजयी भएका हुन् । शर्माले तीन हजार ६ सय १८ र विसीले तीन हजार ६ सय ८४ मत प्राप्त गरे ।

त्यस्तै नेपाली काँग्रेसका डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले समान एक हजार २६ मत प्राप्त गरे । दुई मत भने बदर भएको निर्वाचन अधिकृत डा. राजेन्द्र प्रसाद आचार्यले जानकारी दिए ।

कर्णालीमा प्रदेश सभाका ४० सांसद र ७९ पालिकाका प्रमुख र उप–प्रमुख तथा अध्यक्ष र उपाध्यक्ष १५८ गरी १९८ जना मतदाता रहेको कर्णालीमा १९५ मत खसेको थियो । तीन मत भने खसेको थिएन् । जसमा कालिकोटको तिलागुफा नगरपालिकाकि उपप्रमुख दन्ता नेपाली केहि समय देखी अमेरीकामा छन् ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मल्ल टासि गुरुङ्ग मुर्ति चोरीको आरोपमा हिरासतमा रहेका छन् भने हुम्लाको नाम्खा गाउँपालिका उपाध्क्षय पेमा तामाङ्ग बिरामी परेका कारण तिन मत खस्न नसकेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ९ गते बिहीबार