27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

जग्गा विवाद र घरेलु हिंसाका उजुरी धेरै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस २१, २०७६  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

स्थानीय सरकारका अदालतका रुपमा रहेका न्यायिक समिति सक्रिय बन्दै गएका छन् । स्थानीय तहका उप–प्रमुख÷उपाध्यक्ष संयोजक रहने न्यायिक समिति क्रमश सक्रिय बन्दै गएका हुन् । न्यायिक समितिद्धारा मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने गरिएको छ । बाँकेका आठ वटा स्थानीय तहका न्यायिक समिति मध्ये बैजनाथ गाउँपालिकामा रहेको न्यायिक समितिले पनि मेलमिलापलाई मुख्य प्राथमिकता दिएको छ । न्यायिक समितिले मेलमिलाप केन्द्रको माध्यमबाट गत आर्थिक वर्षमा मात्रै गाउँपालिकाका ८ वटै वडामा जम्मा १ सय ३७ वटा विवादहरुको समाधान गरेको थियो ।

अधिकांश वडा स्तरमा रहेका मेलमिलाप समिति मार्फत समुदाय स्तरमा विवाद समाधान तथा मेलमिलाप गर्ने गरिएको छ । न्यायिक समितिकी संयोजक शारदा रेग्मी विश्वकर्माका अनुसार न्यायिक समितिमा आउने विवाद-मुद्धा मध्ये सबै भन्दा बढी जग्गा विवाद र घरेलु हिंसाका घटना बढी छन् । सबै भन्दा कम जेष्ठ नागरिक हेरचाह, ध्वनी प्रदुषण शिर्षकका छन् । गत आर्थिक वर्ष २०७५-०७६ मा सबै भन्दा बढी वडा नम्बर १ का ५१ वटा विवाद दर्ता भएका थिए । भने वडा नम्बर ५ का ४२, वडा नम्बर ८ का १९ र वडा नम्बर ६ का १७ वटा मुद्धा दर्ता भए ।

यस्तै वडा नम्बर ७ का ८, वडा नम्बर ४ का ५, र वडा नम्बर ३ का ३ वटा मुद्धा दर्ता भएका छन् । वडा नम्बर २ का भने कुनै पनि विवाद-मुद्धा दर्ता भएका छैनन् । शिर्षकगत रुपमा सबै वडाका गरी सबै भन्दा बढी आली-साँधी तथा जग्गा विवादका ३२ वटा विवाद-मुद्धा दर्ता भएको गाउँपालिकाका सूचना अधिकारी तप्त राज आचार्यले जानकारी दिए । उनका अनुसार घरेलु हिंसाका २९, लेनदेनका २६ र ठगी ज्याला तथा अन्य १४ वटा रहेका छन् । भने गाली गलौज १३, अंशवण्डा ७ तथा वटा मुद्धा दर्ता भएका छन् । सूचना अधिकारी आचार्यले सम्बन्ध विच्छेदका जम्मा ४ वटा, सामान्य कुटपिट, बालबालिकाको पहिचान तथा पोषण र सार्वजनिक सडक प्रयोग- फोहोर मैला व्यवस्थापनका समान ३-३ वटा रहेका छन् ।

जेष्ठ नागरिक हेरचाह, ध्वनी प्रदुषण र सार्वजनिक आरोप शिर्षकमा १÷१ वटा मुद्धा दर्ता भएको उनको भनाई छ । वडा नम्बर १ मा परेका ५१ वटा मुद्धामध्ये सबै भन्दा बढी घरेलु हिंसाका १२, लेनदेनका ११ र ठगी ज्याला तथा अन्य र आली-साँधी तथा जग्गा विवाहका समान ९ वटा मुद्धा रहेका छन् । उक्त वडामा सम्बन्ध विच्छेद ३, गाली गलौज २, सामान्य कुटपिट, जेष्ठ नागरिक हेरचाह, ध्वनी प्रदुषण, बालबालिकाको पहिचान र अंशवण्डाका समान एक एक मुद्धा रहेका छन् ।

वडा नम्बर ३ मा गाली गलौज, घरेलु हिंसा र सार्वजनिक आरोपका एक एक वटा मात्रै रहेका छन् । वडा नम्बर ४ मा घरेलु हिंसाका ४ र आली-साँधी तथा जग्गा विवादको १ वटा मात्रै रहेको छ । यस्तै वडा नम्बर ५ मा आली-साँधी तथा जग्गा विवादका १५, गाली गलौज र लेनदेन ८, ठगी ज्याला तथा अन्य ५, घरेलु हिंसाका ४ र सम्बन्ध विच्छेद, सार्वजनिक सडक प्रयोग १-१ वटा रहेका छन् । वडा नम्बर ६ को आली-साँधी तथा जग्गा विवाद,घरेलु हिंसाका ४, सामान्य कुटपिट, लेनदेन, बालबालिकाको पहिचान तथा पोषणा, सार्वजनिक जग्गा प्रयोगका समान २- २ वटा र अंशवण्डाको १ वटा मात्रै रहेको बताईएको छ ।

त्यसैगरी वडा नम्बर ७ मा गाली गलौज र लेनदेन ३-३ र आली-साँधी तथा जग्गा विवादको एक वटा मात्रै रहेको छ भने वडा नम्बर ८ मा लेनदेन र अंशवण्डाका ५, घरेलु हिंसाका ४, आली-साँधी तथा जग्गा विवाद ३ र गाली गलौजका २ वटा मुद्धा रहेका छन् । आर्थिक आर्थिक वर्षको अहिले सम्म जम्मा ६१ वटा विवाद दर्ता भएको उपाध्यक्ष समेत रहेकी न्यायिक समितिकी संयोजक विश्वकर्माले बताईन् । उनका अनुसार अनुसार वडा नम्बर १ मा १९, वडा नम्बर ६ र ७ मा समान ११-११ वटा र वडा नम्बर ८ मा ९ वटा र ५ नम्बर वडामा ५ वटा मुद्धा दर्ता भएका छन् । वडा नम्बर २ मा मेलमिलाप कर्ता भएपनि केन्द्र सञ्चालनमा नरहेका कारण कुनै पनि विवाद-मुद्धा दर्ता प्रक्रियामा नभएको उनले बताईन् ।

प्रकाशित मितिः सोमवार, पुस २१, २०७६     7:23:05 AM  |