नेपाल विश्व मै भ्रमण गर्न लायक गन्तव्य मध्ये एक उत्कृष्ट गन्तव्य हो । खासगरी यहाँको पर्यटकीय क्षेत्र र यहाँको रहेको विविधता आकर्षकको केन्द्रको रुपमा रहेको छ । पर्यटकीय क्षेत्र भ्रमण गर्न आउनेहरुले नेपाललाई स्वर्गको एक टुक्रा भनेर समेत सम्बोधन गर्छन् ।
जुन हाम्रो स्वआर्जित सम्पति हो । पर्यटन गन्तव्यसँग जोडिएको अर्को उत्कृष्ट परिचय सगरमाथाको देश हो नेपाल । विश्वको सबै भन्दा अग्लो हिम श्रृखला । यस्तै साहसिक यात्राको लागि समेत नेपाल उत्कृष्ट गन्तव्य बन्छ पर्यटकहरुको लागि । यहाँ हिम श्रृंखला आरोहण देखि प्यालाग्याईडिङ खेल्न आउने पर्यटकहरु धेरै छन् । यहाँको मौलिकताको अवलोकन समेत अर्को परिचय हो । यहाँ ग्रामिण बस्ती अवलोकनको लागि आउने पर्यटकहरुले यहाँको मौलिकतासँग दिलै खोलेर रमाउन सक्नुलाई उदाहरणका रुपमा लिन सकिन्छ ।
केही समय अघि सम्म नेपालको राजनितिक अवस्थाले समेत पर्यटन क्षेत्रमा प्रभाव पारेको थियो । तर पहिलेको जस्तो अहिले समस्या छैन । देश समृद्धिको नारा सहित अघि बढीरहेको अवस्था छ । नेपाल भ्रमण तेस्रो वर्ष भ्रमण हो । यस अघि नेपालले यस्ता वर्षहरु मनाईसकेकोले यस पटकको भ्रमण वर्ष विषेश हुने अनुमान गरिएको छ । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना नेपाल सरकारको छ । त्यसैले सरकारले भ्रमण वर्षलाई निकै महत्वका साथ हेर्नुपर्दछ । पर्यटन प्रवद्र्धनको लागि नीजि क्षेत्रको समेत भूमिका रहेको छ । तीन तहका सरकारको एक किसिमको परिक्षाको घडी समेत हो नेपाल भ्रमण वर्ष सन् २०२० ।
हाम्रो घर आँगनमा आईसकेको छ । सबैले आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ । सरकारले लिएको आर्थिक समृद्धिको नारालाई सफल पार्न समेत बढी भन्दा बढी पर्यटक भित्र्याउने हाम्रो पनि दायित्व हो । आफ्नो घर आँगन सफा राखौ । आफ्नो ठाउँमा आउने पाहुनालाई राम्रो व्यवहार गरौ । साँच्चै नेपाल हरेक कुरामा धनी छ भन्ने कुरा प्रमाणित गरेर देखाई दिउ । हरेक क्षेत्रबाट सहयोग भयो भने भ्रमण वर्ष मात्रै सफल होईन हामी पनि सफल हुनेछौ ।
आर्थिक आर्जनका दृष्टिले समेत समग्र देशको अर्थतन्त्रमा प्रभाव पार्नेछ । जसरी हिमाल, पहाड र तराई जस्तो विविधता युक्त वातावरणमा रमाउन सकेको छ । आउनुहोस् भ्रमण वर्षमा आफू पनि रमाउ, पर्यटकलाई रमाउन सघाउ । सिंगो देशको आर्थिक समृद्धिमा हातेमालो गरौ ।
प्रतिक्रिया दिनुहोस्