सम्पादकीय : खोई पत्रकारको सुरक्षा ?



राज्यको चौथो अंग मानिन्छ, पत्रकारिता जगत । हरेक क्षेत्रको निगरानी, खबरदारी र जनचेतना फैलाउने काम प्रेस जगतको हो । राज्यका तीन अंगले गरेका कामहरुको वाजडकको रुपमा पत्रकारिता लामो समयदेखि क्रियाशिल छ । एक स्वतन्त्र पेसा समेत हो, पत्रकारिता यसको माध्यमबाट सिंगो शासन व्यवस्था, नागरिक र सरोकारवालाहरुलाई सचेत गराउने व्यक्ति पत्रकार हो । पत्रकारिता र पत्रकार अहिलेको अवस्थामा सुरक्षित छन् या छैनन् भन्ने अहिलेको यक्ष प्रश्न हो । विश्वमा सबै भन्दा बढी असुरक्षित छन् भने त्यो पत्रकार हो । सन् २०१९ को एक तथ्यांकले पत्रकार असुरक्षित बन्दै गएको देखाएको छ । उनीहरुको मारिनुको एउटै कारण हो ।

उनीहरुले राज्य व्यवस्था, अनियमितता र भष्ट्रचारका विरुद्धमा आवाज उठाएको । हाम्रो जस्तो अल्प विकसित देशहरुमा पत्रकारहरु गैरकानुनी काम गर्ने, भष्ट्राचार गर्ने र अनियमिमता गर्ने व्यक्तिहरुको नजरमा तारो बन्दै गएका छन् । सरकारले समेत पत्रकारिता जगतलाई नियन्त्रण गर्न खोजिरहेको छ । विभिन्न बाहनामा पत्रकारहरु कुटिने संख्या बढ्दै गएको छ । खासगरी स्थानीय तहमा हुने गरेका गतिविधि र जनताको पक्षमा बोल्ने पत्रकारहरु असुरक्षित भईरहेको विभिन्न तथ्यले समेत देखाएको छ । परिवर्तित राजनितिक कुदृष्टिको तारो पत्रकारिता जगत र पत्रकारहरु नै छन् । हरेकका भाषण र मुखमा मित्र र साथी भनिने पत्रकारहरु उनीहरु बाटै असुरक्षित बन्दै गएको तितो यर्थात हाम्रा सामु छ । यस क्षेत्रमा समेत पत्रकार माथि श्रृखलाबद्ध आक्रमण हुदै जाँदा यहाँका पत्रकारहरु असुरक्षित भईरहेका हुन् ।

पत्रकार माथि भौतिक आक्रमण भईरहेको छ ।  यो पक्कै पनि राम्रो सन्देश होईन । यसले पत्रकारहरुको मनोबल समेत गिराईरहेको छ । दोषि माथि कारबाही गर्न सुरक्षा निकायले प्रभावकारी भूमिका खेलेको देखिदैन । यस्तो अवस्थामा पत्रकार असुरक्षित कहिले सम्म भन्ने प्रश्न जिवितै छ । पत्रकार पनि राज्यको एक सचेत नागरिक हो । संविधानले सबैलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । आफ्नो अधिकारका बारेमा बोल्न पाउने हामी नागरिकको संवैधानिक अधिकार समेत हो । त्यसैले नागरिक नागरिकले झै पत्रकार पनि राज्यबाट सुरक्षित हुनुपर्छ । स्वतन्त्र रुपमा आफ्नो अधिकार प्रयोग गर्न पाउनु पर्छ । राज्यले आफ्नो देशका हरेक नागरिकललाई सुरक्षाको पुर्ण ज्ञारेन्टी गर्ने अनि हामी पत्रकारहरु अहिले सम्म भय र डरत्रास पुर्ण वातावरणमा बाँच्ने । यसको उक्त चाहियो हामीलाई । खोई त पत्रकारको सुरक्षा ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस १० गते बिहीबार