27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

‘जनतासँग जनप्रतिनिधि कार्यक्रम’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस २, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १०ले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । जनताको सेवा प्रवाहको लागि होस भन्नेउद्देश्यले कार्यक्रम सुरु गरेको हो । मंगलबार एक कार्यक्रमका बीच वडा कार्यालयद्धारा घर आँगन कार्यक्रम सुचारु गरेको छ ।

‘दिगो विकास लक्ष्य अनुरुप गरिबी अन्त्यको खोजी, हाम्रो धर्ती हाम्रो पूर्वाधार संरक्षण विकास हाम्रो लक्ष्य निती’ भन्ने मुल नाराका कार्यक्रम सुरु गरिएकको वडा अध्यक्ष निरज चलाउनेले जानकारी दिए । उनका अनुसार वडा नम्बर १० को विकास गर्न जनताको हितका लागि कार्यक्रम सुरु भएको हो ।

कार्यक्रम अन्तर्गत पहिलो चरणमा सडक सञ्जाल निर्माणलाई प्राथमिकता दिईएको वडा अध्यक्ष चलाउनेले बताए । ‘विकास र समृद्धि जनताको चाहना हो’ उनले भने, स्थानीय सरकार मार्फत जनतालाई सिंहदरबारको झल्को दिनगरी काम हुनेछ ।’

कार्यक्रमको पहिलो दिन वडामा रहेका समस्या समाधानको लागि वडाबासीको राय सुझाव समेत संकलन गरिएको थियो । वडा स्तरमा शैक्षिक, भौतिक पूर्वाधार, सिचाई, खानेपानी लगायतका विषयमा जनतासँग राय सुझाव संकलन गरिएको वडा अध्यक्ष चलाउनेले बताए । उनले कार्यक्रम अन्तर्गत वडा कार्यालयबाट सम्पादित सेवा प्रवाहका विषयमा घर दैलो गरिल लक्ष्य रहेको रहेको छ ।

समृद्ध नगर बनाउने कोहलपुर नगरपालिकाको उद्देश्य अनुरुप जनता सँग सिधै जनप्रतिनिधिलाई जोड्नको लागि कार्यक्रमको सुचारु भएको कार्यालयले जनाएको छ । जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु समारोहमा स्थानीय, सरोकारवाला, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, पुस २, २०७६     10:32:15 AM  |