बाँसगढी ।
सरकारी निकायबाट प्रदान गरिने सेवा प्रभावलाई प्रभावकारी बनाउन बर्दियाको बाँसगढीमा अन्तक्र्रिया गरिएको छ । बाँसगढी नगरपालिकाको सहयोग र समन्वयमा ईलाका प्रशासन कार्यालय बाँसगढीको आयोजनामा सेवा प्रभाव सम्बन्धमा शुक्रबार अन्तक्र्रिया गरिएको हो ।
कार्यक्रममा नागरिकता र राहादानीका सम्बन्धमा ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्यले सहजिकरण गरेका थिए । समग्र सेवा प्रभावका बारेमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सहजिकरण गरेका थिए । अन्तक्र्रियामा वडा अध्यक्ष, वडा सचिव र कार्यपालिका सदस्यहरुले विविध सिफारिस र सेवा प्रभावमा आएका दुविधाका बारेमा जिज्ञासा राखेका थिए ।
सहभागीले राखेका जिज्ञासाहरुकोे जवाफ दिदै प्रमुख जिल्ला अधिकारी लामिछानेले जनताको सेवामा समर्पित भएर छिटो छरितो, पारदर्शी, गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन जनप्रतिनिधि र कर्मचारीहरुलाई अनुरोध गरे । ‘मुलुक संघियतामा गए पनि कर्मचारीको कार्यशैली पुरानै प्रवृतिको भयो भन्ने गुनासाहरु सुनिन्छन्’ उनले भने, ‘नियम संगत तरिकाले जनताको प्रिय हुने गरी नम्रता र शिष्टताका कर्मचारीहरु प्रस्तुत हुन आबश्यक छ ।’
उनले नगरपालिकाले बजार अनुगमनको लागि कार्ययोजना बनाएर बजार अनुगमनलाई पनि प्रभावकारी बनाउन आग्रह गरे । नगर प्रमुख सालिकराम अधिकारीले जनताको सेवा प्रभावमा अग्रसर रहदै सेवा प्रभावलाई नागरिक मैत्री बनाउने बताए । सबै क्षेत्र सँग समन्वय र सहकार्यका साथ कामहरुलाई सुशासन, पारदर्शि बनाउदै सामाजिक विकास र आर्थिक रुपान्तरणलाई जोड्ने कुरा अहिलेको आवश्यकता रहेको उनले बताए । अन्तक्र्रिया कार्यक्रममा नगर उपप्रमुख सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत अम्मरराज खत्री, वडा अध्यक्षहरु, स्थानीय जनप्रतिनिधी, कर्मचारी, लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्