बढैयाताल ।
बर्दियाको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा गौतमले प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ स्वास्थ्यकर्मी तत्काल व्यवस्था गर्ने प्रतिबद्धता जनाएकी छन् । शुक्रबार बढैयाताल गाउँपालिकामा स्वास्थ्यको अधिकार विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले उक्त प्रतिबद्धता जनाएकी हुन् ।
डाक्टर स्तरको स्वास्थ्यकर्मीको व्यवस्था गर्न प्रक्रिया सुरु भइसकेको उपाध्यक्ष गौतमले जानकारी दिइन् । कार्यक्रममा सहभागिहरुले प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भएपनि डाक्टर नहुँदा बिरामीले सामान्य उपचारको लागि पनि नेपालगञ्ज, कोहलपुर जानुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए । ओजिटिमा आएका स्वास्थ्यकर्मीले बिरामीलाई बेवास्ता गरेको, स्वास्थ्य बिमाको सुविधा प्रभावकारी नभएको र अस्पतालमा बेवास्ता गर्ने गरेको उनीहरुको भनाई थियो ।
बढैयाताल गाउँपालिका कार्यालयको स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले स्वास्थ्यको संबैधानिक व्यवस्था, निति र प्रावधान बताउदै गाउँपालिकाको स्वास्थ्य केन्द्रहरुमा सेवाहरुको व्यवस्था भएको दाबी गरे । उनले प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारको औषधि पुरा रहेको र स्वास्थ्य चौकीमा ३५ प्रकारको औषधि हुनु पर्नेमा त्यहाँ पनि ५८ प्रकारकै औषधि उपलब्ध गराई रहेको जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्र सोरहवाका प्रमुख किशोर श्रेष्ठले विगतको समयमा प्रभावकारी नभएपनि विगत २ वर्षदेखि सुगर, प्रेसर, थाइराइडको औषधिहरु निःशुल्क रहेको बताए ।
सेवा प्रदायक नम्र र अनुशासित बोलि बोल्नु विषयमा अनुगमन गर्ने भएका समस्यालाई सुधार गर्न ध्यान दिने उनको भनाई रहेको थियो । मानव अधिकार समुहका अध्यक्ष हरिबहादुर घर्तीले प्रत्येक विद्यालयमा वर्षमा एक पटक स्वास्थ्य जाँच गर्नको लागि बढैयाताल स्थानीय सरकारको स्वास्थ्य शाखाको योजनामा पारेर काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधी, स्वास्थ्यकर्मी, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्