कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३, मैटहवा स्थित जनता माध्यमिक विद्यालयमा भएको बृहत अभिभावक भेलाले नयाँ व्यवस्थापन समिति छनोट प्रक्रिया अघि बढाएको
छ । विद्यालयका सम्पुर्ण अभिभावकहरुबाट ४ जना अभिभावकको नाम सहमतिको आधारमा चयन गरिएको हो । नयाँ विद्यालय व्यवस्थापन समितिका लागि अभिभावकहरु उदिराम वली, शान्ता बस्याल, लक्ष्मी सिंह डाँगी र दया सागर थारूलाई चयन गरिएको विद्यालयले जनाएको छ ।
समितिको सदस्य सचिवमा निमित्त प्रधानाध्यपाक विश्वनाथ थारू र शिक्षक प्रतिनिधिका रूपमा बद्री ढकाललाई सर्वसम्मत रूपमा छानिएको छ । केही दिनमै २ जना सरोकारवालाहरुको मनोनयनपछि समितिले पूर्णता पाउने नगर शिक्षा प्रतिनिधि श्रोत शिक्षक जय प्रकाश शाहले जानकारी दिए । उनका अनुसार यसै वर्ष यस विद्यालयलाई साढे ५ लाख बराबरको जग्गा दान गरेका वडा नÞं ३ का अध्यक्ष माधव रिजाल समितिमा पदेन सदस्य हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्