बाँकेको कोहलपुरमा मतदान सुरु, मतदान शान्तिपूर्ण



कोहलपुर । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका ६ मा समेत वडा अध्यक्ष पदको लागि अहिले मतदान भइरहेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले अहिले सौहार्दपूर्ण वातावरणमा मतदान जारी रहेको जानकारी दिए ।

उनले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको बताउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरे । कोहलपुर ६ को मतदान कोहलपु्र नगरपालिका ५ को सिद्धार्थ आधारभुत विद्यालयमा भइरहेको छ ।

कोहलपुर ६ मा २ हजार २६ जना मतदाताहरु रहेका छन् । मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर मत जायर गर्न सक्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार