सम्पादकीय : कानुनी राज्यको आभास



संविधान उल्लेखित कानुन ठूलालाई चैन र सानालाई ऐन भएको निकै गुनासो सुनिन्छ । अर्थात् ठूला भनिएकाहरुले जे गरे पनि हुने तर सानालाई जालझेल गरेर फसाईने । कानुनी राज्यमा कोही पनि उचनिच भन्ने हुदैन । कानुन अन्धो हुन्छ । कानुनको आँखामा कोही मेरो कोही पराय वा तल माथि पनि कोही
हुदैन । त्यसको आभास सम्बन्धित देशका नागरिकलाई हुनुपर्छ । हाम्रो देशको सन्दर्भमा लामो समय चलेका विभिन्न शासकका शासन कालमा फरक किसिमका न्यायिक अध्यासन भएको पाईन्छ । राणा कालमा शासकको विरुद्धमा बोल्ने र विरोध गर्नेलाई मृत्यु दण्ड देखि देशनिकाला सम्मको सजाय
हुन्थ्यो । २००७ सालमा प्रजातन्त्र आएपछि राणा शासनको पतन भयो । राणा शासनको पतन सँगै नागरिकहरुले विस्तारै सबै खाले अधिकार पाउँदै गए । राजतन्त्रमा समेत खुलेर शासकका विरुद्धमा बोल्न पाईदैन थियो । पहुँजवालाले जे गरेपनि हुने । समयक्रम परिवर्तन हुँदै गयो अधिकारका ठूला ठूला आन्दोलनहरु भए । राज्यको कार्यकारी अधिकार जनताको हातमा पुग्यो ।

लामो कालखण्ड पार गर्दै देश संघियता सम्मको यात्रामा आईपुग्यो । सार्वभौम संविधान निर्माण भयो । ईतिहासमा पहिलो पटक दुई तिहाई बहुमतको सरकार बन्यो । निकै अपेक्षा थियो जनताको सरकार प्रति । न्यायको पुर्ण प्रत्यभूति नागरिकको मौलिक हकको विषयमा समेत हो । जनताको लागि निकै महत्वपुर्ण विषयमा थियो यो । दुई तिहाई सरकारले दुई वर्ष पुरा गरिसकेको छ । यो अवधिमा कानुन कार्यान्वयन र संविधान विपरित काम गर्ने कानुनको दायरामा आउँछन् भन्ने जनतामा आभास भएको छ । नीति तथा कानुन निर्माण र जनताको आवाज राज्य स्तर सम्म पु¥याउनको लागि जनताले निर्वाचित गरेका सभामुख देखि सांसद, प्रदेश मन्त्री लगायत कानुनको फन्दामा परेका छन् । अर्थात् उनीहरु कानुनको दायरामा आएरै छोडे । जनताले चाहेको यही कुरा थियो छिटफुट घटना बाहेक वर्तमान सरकार, वेथिति, भष्ट्राचार, अनियमितता, बलात्कार जस्ता विषयमा ठूला भनिएका भिआईपि व्यक्ति समेत कानुनको काठघरामा उभिएका छन् । आफ्नो गल्तिको फल भोगिरहेका छन् ।

अहिले आधा दर्जन संघीय सांसद मात्रै जेलमा छन्, विभिन्न कसुरमा सहभागि भएको आरोपमा, प्रदेश मन्त्रीहरु कानुनी दायरामा आएका छन् । कोही बर्खास्तीमा परे भने कोहीले राजिनामा दिनुप¥र्यो । स्थानीय तहका अध्यक्ष देखि उपाध्यक्ष वडाअध्यक्ष मात्रै होईन समाजको हित विपरित कार्य गर्नेहरु कोही पनि कानुनको दायरा भन्दा बाहिर निस्कन सकेका छैनन् । देशमा भएको युगान्तकारी परिवर्तन सँगै जनताहरु कानुनी राज्यको आभास गरिरहेका छन् । यो पुर्ण होईन् । कानुनी रुपमा अपराध गर्नेहरु कर्म अनुसारको फल चाख्न बाध्य हुन्छन् भन्ने भान जनतामा परेको छ । जनताको यस्तो अनुभूतिलाई लामो समय सम्म स्थिर राख्न राज्य पछि हट्नु हुदैन । झन् आंक्रमक रुप अघि बढ्नु पर्दछ । नेपालको कानुन दैब जानुन भन्ने नारा मै सिमित नहोस् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ४ गते बुधबार