पाहुनालाई ‘अर्गानिक स्याउ’को माला



जुम्ला ।
अर्गानिक स्याउको लागि प्रसिद्ध जुम्लामा पाहुनालाई स्वागत गर्ने नयाँ शैलीको सुरुवात गरिएको छ ।

पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणको लागि जुम्लामा नयाा किसिमको स्वागत शैली अपनाईएको हो ।

खस भाषाको जननी क्षेत्रको रुपमा रहेको सिंजामा सम्पन्न प्रदेश स्तरीय महोत्सवबाट सुरु भएको यस्तो शैलीले अभियानको रुप लिन थालेको छ ।

कार्तिक पहिलो साता आयोजना गरिएको महोसत्सवमा उप राष्टपति नन्दबहादुर पुन लगायतका पाहुनाहरुको लागि मञ्ज प्रवेश गर्नेदेखि स्वागतको लागि स्याउ कै माला लगाईएको थियो ।

त्यस कार्यको निकै प्रशंसा समेत भएको थियो । अतिथि सत्कारकाके लागि सुरु भएको उक्त कार्यले अभियान नै रुप लिन थालेको हो ।

जिल्लाका अधिकांश कार्यक्रमहरुमा आयतित मालाहरुको प्रयोग गर्ने गरिन्छ । नेपाल भ्रमण वर्ष २०२० को पुर्व सन्ध्यामा भने नेपाल पत्रकार महासंघ जुम्लाले यस्तो अभियानको सुरुवात गरेको छ ।

भ्रमण वर्षलाई सहयोग पुगोस भन्ने उद्देश्यले जिल्लामा आउने पाहुनालाई नयाँ ढंगबाट स्वागत गर्न अभियान थालिएको महासंघले जनाएको छ ।

महासंघका उपाध्यक्ष नेत्र बहादुर शाहीले प्रवद्र्धनका लागि यस्तो सुरुवात गरिएको बताए ।

महासंघ बिहीबार एक औपचारिक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र पत्रकारको हकहितका लागि खुलेका विभिन्न संठगनका प्रमुखहरुलाई स्याउकाके माला लगाएर स्वागत गरेको थियो ।

उनीहरुको जुम्लामा फल्ने अर्गानिक स्याउहरुको माला बनाएर लगाए स्वागत गरिएको हो । उक्त टोलीमा नेपाल पत्रकार सहासंघका अध्यक्ष गोविन्द आचार्य,प्रेस काउन्सिल नेपाल र अन्य संगठनका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

उनीहरु पत्रकारहरुको हकहितका बारेमा हुने कार्यक्रमका लागि जुम्ला आईपुगेको उपाध्यक्ष शाहीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा रहेका पत्रकारहरुको हकहित, समस्या र चूनौतिका विषयमा केन्द्रीय टोली सँग बहस र अन्र्तक्रिया हुनेछ ।

यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य पुर्ण प्रसाद चौलागाई भ्रमण वर्षलाई सघाउ पुगोस र जुम्लाका स्थानीय उत्पादनको बजारीकरण होस भनेर अभियान कै रुपमा स्वागतको नयाँ शैली अपनाईएको बताए ।

यस अघि पनि जिल्लामा नयाँ अतिथिहरुलाई यार्सागुम्बाको माला, भोजपत्रको अतिथि कार्ड, स्थानीय राखिपाडी उपचार, खरायोको टोपि लगायतले सहयोग गर्ने गरिएकाके थियो ।

यस वर्ष जुम्लामा स्याउ बाट मात्रै २४ करोड रुपैयाँ भित्रिएको छ ।

प्रकाशित मिति : २०७६ कात्तिक २८ गते बिहीबार