‘कर्णालीको समृद्धिको लागि कलम चलाउनुहोस्’



सुर्खेत ।

उपराष्ट्रपति नन्द बहादुर पुनले पत्रकारहरुलाई कर्णालीको समृद्धिको विषयमा कलम चलाउन आग्रह गरेका छन् ।

बिहीबार सुर्खेत आई पुगेका उपराष्ट्रपति पुनले कर्णालीको विकास भाषा र पर्यटनका लागि कलम चलाउन आग्रह गरेका हुन् । नेपाली भाषाको उद्गम स्थल रहेको सिंजा उपत्यका, मुगुको रारा ताल, दैलेखको पञ्चकोशी लगाएत प्रचार प्रसारमा पछाडी परेकाले यिनीहरुको विकासको लागि पत्रकारको भूमिका महत्वपुर्ण रहेकामा जोड दिए ।

यस्तै सम्भावना र समृद्धिको विकासमा पत्रकारिताको भूमिका अग्रणी रहेको उनको भनाई छ । पुनले कर्णालीको विकास गर्नको लागि पर्यटन विकास गर्न सबै भन्दा महत्वपुर्ण रहेकोमा जोड दिएका छन् । कर्णालीको बृहत्तर बिकास नै पर्यटन र भाषा संस्कृति भएको बताएका समेत रहेको उनले बताए ।

कर्णालीको बिकासको पुर्वाधार गर्न सके भाषा र पर्यटन नै मुख्य आधार रहेको उनले जानकारी दिए । यसैबीच, उपराष्ट्रपति पुनले जुम्लाको सिजाँमा आजबाट सुरु हुन लागेको प्रथम बृहत सिंजा पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सुर्खेतमा उनले विभिन्न पर्यटकीय स्थलको समेत अवलोकन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ८ गते शुक्रबार