पछिल्लो वर्षयता फुल खेती गर्ने किसानहरुको सख्ङ्या समेत बढिरहेको छ । किसानहरुले फुल खेतीलाई व्यवसायिकरण गर्दा त्यसको असर अन्य देशबाट आयात गरिने फुलमा समेत पर्न थालिसकेको अवस्था रहेको छ । नेपाल नै आफै फुलमा आत्मनिर्भर बनेकाले भारत लगायतका तेस्रो मुलुकबाट फुलको आयात नभएको बताइन्छ ।
कृष्ण ओली । नेपालगञ्ज ।
पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जबाट पछिल्लो तीन वर्षयता भारतबाट फुलको आयात नभएको पाइएको छ । बिशेष गरी तिहारमा खपत हुने फुल तथा त्यसका मालाहरु भारतबाट आयात शुल्य भएको हो । नेपालगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार पछिल्लो दिन वर्षयता भारतबाट फुलको आयात भएको छैन । नेपालगञ्ज भन्सार कार्यालय प्रमुख शान्तिराम निरौलाले केही वर्षयता यो नाकाबाट फुलको आयात नभएको जानकारी दिए । ‘हामीले तीन वर्षको डाटा हेर्दा राम्रो तथ्यांकमा विरुवाबाटै टिप्ने फुल चाँही पैठारी भएको दैखिदैन’ उनले भने, ‘कृतिम फुल र माला चाही पैठारी भएको देखिन्छ ।’
भन्सार प्रमुख निरौलाका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ४ लाख र आर्थिक वर्ष २०७५÷०७६ मा ५ लाख मुल्य बराबरको कृतिम माला आयात भएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म ६ लाख रुपैयाँभन्दा बढीको कृतिम माला नेपालतर्फ पैठारी भएको छ । पछिल्लो समय फुलको आयात बन्द भएपनी कृतिम मालाको आयात भने रोकिएको छैन् ।
आ.व. २०७४÷०७५ मा तीन हजार किलो, आ.व. २०७५÷०७६ मा चार हजार किलो र चालु आ.व.को अहिलेसम्म दुई हजार किलो कृतिम माला आयात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । ‘मुल्य वृद्धि भएका कारण कृतिम मालाको आयात धेरै भएको जस्तो देखिन्छ’ भन्सार प्रमुख निरौलाले भने, ‘परिमाणको दर हेर्ने हो भने घट्दो क्रममा छ ।’ नेपालमा फुलको उत्पादनमा वृद्धि भएका कारणले पनी फुलको आयात नभएको हुनसक्ने उनी बताउँछन् ।
तिहारमा बिशेषगरी नेपालमा बढी खपत हुने सयपत्री र मखमली फुलहरु आयात भएको पाइदैन । नेपाल फुलमा आत्मनिर्भर बन्दै गएकाले केही वर्षयता भारतबाट फुलको आयात नभएको व्यवसायीहरु बताउँछन् । पछिल्लो वर्षयता फुल खेती गर्ने किसानहरुको सख्ङ्या समेत बढिरहेको छ । किसानहरुले फुल खेतीलाई व्यवसायिकरण गर्दा त्यसको असर अन्य देशबाट आयात गरिने फुलमा समेत पर्न थालिसकेको अवस्था रहेको छ ।
नेपाल नै आफै फुलमा आत्मनिर्भर बनेकाले भारत लगायतका तेस्रो मुलुकबाट फुलको आयात नभएको बताइन्छ । तीन वर्षभन्दा पहिले नेपालगञ्ज नाकाबाट भारतीय फुलहरुको आयात हुने गरेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्