सुर्खेत ।
सुर्खेत पश्चिमको चौकुनेमा धार्मिक महायज्ञ संचालन गरिने भएको छ । कर्णाली कृषि तथा बन बिज्ञान क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिने भएको हो । आईतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दे आगामी कात्र्तिक २२ देखी २९ गते सम्म सञ्चालन गरिने जनाईएको छ । ‘प्राविधिक शिक्षाको पूर्वाधार, सम्बन्ध चौकुनेको आधार’ भन्ने नारा सहित महायज्ञको सञ्चालन हुने लागेको बताईएको छ । कर्णाली कृषि तथा बन बिज्ञान क्याम्पसका अध्यक्ष मोहन बडुवालका अनुसार वन बिज्ञान क्याम्पस स्थापनाका लागि अनुमति भईसकेको अवस्थामा सञ्चालनको लागि आर्थिक संकलन गर्ने उद्देश्य रहेको छ ।
महायज्ञमा ४० लाख बराबरको रकम बिभिन्न संघ संस्थाबाट सहयोग प्राप्त हुने अनुमान गरिएको छ । भौतिक संरचना निमार्णका लागी ८ विगाहा जग्गा आवश्यक पर्ने र भौतिक संरचना निर्माणका लागि स्रोतको अभाव रहेकाले स्रोत व्यवस्थापन गर्नको लागि महायज्ञले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको अध्यक्ष बडुवालको बताए । महायज्ञमा करिब ५ करोडको स्रोत व्यवस्थापन हुने तथा करिब ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
महायज्ञमा ११ सय ओटा कलस बिक्रि गरिने छ । भने महायज्ञ व्यवस्थापनका लागि २१ ओटा बिभिन्न उपसमिती निर्माण भईसकेका छन् । मध्य पश्चिमाञ्चल विश्व विद्यालयले स्नातक तहका कृषिको पाठ्यक्रम निर्माण गरिसकेकाले यसै वर्ष भौतिक संरचना निमार्ण गरिने लक्ष्य राखिएको छ । अर्को वर्षबाट औपचारिक रुपमा संचालनमा ल्याउने तयारी तयारी भईरहेको पनि जनाईएको छ । चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहिले चौकुने विकासका लागि धार्मिक महायज्ञ कोसेढुंगा सावित हुने बताए ।
प्रतिक्रिया दिनुहोस्