बाँके राष्ट्रिय निकुञ्जमा टेण्डर हाल्ने क्रममा झडपः ७ युवा प्रहरी नियन्त्रणमा



कोहलपुर ।
बाँकेको राष्ट्रिय निकुञ्जले खुलाएको टेण्डर दर्ता गर्ने क्रममा तनाव उत्पन्न भएको छ । निकुञ्जले आह्वान गरेको विभिन्न कामको लागि बुधबार टेण्डर हाल्ने अन्तिम दिन रहेको थियो ।

सोही क्रममा युवाहरुको समुहबिच विवाद भएको हो । निकुञ्जभित्र दुई वटा पोष्ट भवन र पर्खाल निर्माणका लागि निकुञ्जले टेण्डर आह्वान गरेको थियो ।

बुधबार दिउँसो टेण्डर दर्ता गर्ने क्रममा युवाहरुको एक समुहले टेण्डर च्यातेपछि तनाव भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

निकुञ्ज कार्यालयले तोक लगाएका २ वटा र अन्य केही टेण्डर च्यातेको आरोपमा ७ युवालाई नियन्त्रणमा लिइएको उनले बताए । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज २९ गते बुधबार