‘मेयर रोजगार कार्यक्रम’ मार्फत रोजगारी



शुभाकर विश्वकर्मा,
जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकामा पहिलो पटक मेयर रोजगार कार्यक्रम संचालन गरिएको छ ।

नगरपालिकामा रहेका बेरोजगार युवालाई रोजगारी प्रदान उद्देश्य सहित कार्यक्रम संचालनमा ल्याईएको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मै बेरोजगार यूवालाई रोजगारी प्रदान गर्ने नीति नगरपालिकाले लिएको छ । मेयर रोजगार कार्यक्रम मार्फत बेरोजगारलाई जीवन उपायोगी सिप सिकाएर रोजगारी प्रदान गरिने छ ।

उक्त कार्यक्रम मार्फत नगरपालिकाका १० वटै वडाका बेरोजगार यूवाहरुले रोजगारी पाउने भएका छन् । कार्यक्रम अन्र्तगत पहिलो चरणमा ६ महिने सवारी साधन मर्मत तालिम प्रदान गरिएको छ ।

तालिम उद्घाटनमा बोल्दै नगर प्रमुख कान्तिका सेजुवालले नगरपालिकामा अब कोही पनि बेरोजगार बस्न नबस्ने बताईन् । उनका अनुसार मेयर रोजगार कार्यक्रम मार्फत बेरोजगार यूवाहरुलाई सिप मुलक तालिम प्रदान गर्नुका साथै रोजगारी पनि दिईनेछ ।

त्यसको लागि कुनै पनि व्यापार व्यवसाय गर्नको लागि नगरपालिकाले आर्थिक सहयोग गर्नेछ । ‘नगरपालिकामा बेरोजगारी कम गर्ने लक्ष्य लिएका छौ’उनले भनिन्,‘तालिम मार्फत यूवाहरुलाई सिप सिकाईनेछ ।’

प्रमुख सेजुवालले कार्यक्रमको लागि चालु आवमा १० लाख रकम विनियोजिन गरिएको जानकारी दिईन् । उक्त अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पुरुत्षोतम देवकोटाले नगर समृद्धिको लागि रोजगारी आवश्यक रहेको बताएका छन् ।

उनका अनुसार यो कार्यक्रम आगामी वर्षमा समेत लागु गरिने उनको भनाई छ । उक्त कार्यक्रम मार्फत १० जनाले तालिम पाउने छन् ।

जसमा ६ महिनाको तालिम पश्चात् परीक्षामा सबैभन्दा उत्कृष्ट अङ्क ल्याउने र व्यवसाय गर्न चाहनेलाई रोजगारको अवसर दिइने छ । तालिमको सहजिकरण नेपाल मोटर जुम्लाले गरेको नगरपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज २९ गते बुधबार