29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

हिमालीमा सानिमा बैंकद्वारा एक लाख बराबरको शैक्षिक साम्रागि छात्रवृति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६  

कोहलपुर/बजुरामा हिमाली सानिमा बैंकका शाखाहरुबाट संस्थागत उत्तरदायित्व शैक्षिक कार्यक्रम अन्तर्गत गरिब,जेहेन्दार तथा विपन्न परिवारका दुई जना विद्यार्थीलाई एक लाख छात्रवृति प्रदान गरिएको छ । एक शैक्षिक सत्रमा पढ्नको लागि दुई जनाको शैक्षिक साम्रागिहरु प्रदान गरेको थियो । हिमाली गाउँपालिकाका व्यापारी हस्त ब.छत्यालले दुबै छात्रालाई रु.पचास हजार बराबरको छात्रवृत्ति प्रदान गरेका थिए । गाउँपालिकामा छात्रावृति छनोट समिति समेत गठन गरेको छ ।

विगत सात वर्षदेखि काठमाडौ“ उपत्यका बाहिर रहेका सानिमा बैंकका प्रत्येक शाखाहरुबाट विद्यार्थीहरुलाई आफ्नै रोजाईको शैक्षिैक संस्था र संकायमा उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति प्रदान गर्दैआइरहेको बैंकका शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले बताए । ‘हिमाली गाउँपालिकाका स्थानीय तहका विद्यालयबाट आएको आवेदनका अनुसार छात्रावृति दिएका छौं’ उनले भने, ‘यस शैक्षिक सत्रमा शैलेश्वरी माध्यामिक विद्यालय फैतीमा अध्ययनरत छात्रा सरिता पाण्डे र बडिमालीका माध्यामिक विद्यालय धिममा अध्ययनरत छात्रा रुपशिला रावतलाई छात्रावृति दिएका छौं ।’

आगामी वर्षहरुमा पनि निरन्तर रुपमा यस्ता कार्यक्रमहरु चलाउने उनको भनाई थियो । हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द ब.मल्ल, प्रमुख कार्यकारी अधिकृत जनक बहादुर शाही, शिक्षा शाखा प्रमुख विष्णुलाल पाण्डे, अस्थाई प्रहरी पोष्ट धुलाचौरका प्रमुख दिलिप सिंह महरा, स्थानीय उद्योगी व्यापारी हस्त ब.छत्याल रहेको बैंकका प्रबन्धक भण्डारीले बताए । सानिमा बैंक लि.को ७४औ“ शाखाको रुपमा सुदुरपश्चिम प्रदेशको विकट बाजुरा जिल्लामा आफ्नो शाखा विस्तार गरेको बैंकका प्रबन्धक भण्डारीको भनाई थियो । आफ्ना ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराउदै आइरहेको उनले बताए । हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द ब.मल्लले विद्यार्थीको शिक्षा प्राप्त गर्नेका लागि हौसला प्रदान गरेको बताए । सानिमा बैंकले बाजुराको विकट गाउँमा पनि विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा महत्वपूर्ण काम गरेको गाउँपालिका अध्यक्ष मल्लले बताए ।

प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६     10:05:12 AM  |