पर्यटन मार्फत समृद्धि



पर्यटकीय दृष्टिले निकै मनमोहक रहेको देश हो नेपाल । हिमाल, पहाड र तराई तीन भागमा विभाजित नेपालको प्रमुख समृद्धिको आधारको रुपमा रहेको छ । देशमा रहेका ताल तलैया, हिमाल, हिम श्रृंखला र तराईका ठुला ठुला फाँट यहाँ रहेका छन् । अझ सास्कृतिक सम्पदा, यहाँको अलौकिक जनजीवन, भेषभुषामा विविधता नेपालका गहना नै हुन् । यस्ता गन्तव्यको विश्व माझ प्रसारको लागि सरकारले भ्रमण वर्षको आयोजना गरेको छ । वर्तमान सरकारको निकै महत्वकांक्षी योजनाको रुपमा रहेको नेपाल भ्रमण वर्ष २०२० समग्र नेपाल र नेपालीको प्रतिक्षाको विषय हो । २० लाख लाय पर्यटक भि¥याउने लक्ष्य रहेको छ । यस अभियानलाई सफल पार्नको लागि तीनै तहका सरकारले समेत तिव्र तयारी गरिहेका छन् ।

क्षेत्रीय रुपमा लुम्बेनी भ्रमण, कर्णाली रारा भ्रमण वर्ष, विभिन्न महोत्सव, सास्कृतिक कार्यक्रम समेत भईरहेका छन् । स्थानीय तहले भ्रमण वर्षलाई मध्यनजर गरी प्रचारात्मक गतिविधि गरिहेको छ । यस्तै भ्रमण वर्ष सफल पार्नको लागि बाँकेमा पनि राजनितिक दल निकट विद्यार्थीहरुले विषेश अभियान थालेका छन् । निजी क्षेत्रको पनि यसमा सहयोग रहेको छ । पर्यटनबाट समृद्धिको आधार भएको मुलुक हो यो ।पुर्व मेची देखी पश्चिम महाकाली सम्म रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन मार्फत आर्थिक समृद्धिको प्रवल सम्भावना रहेको छ । खुसी नेपाल समृद्ध नेपालको नारा सफल पार्नको लागि पर्यटन विकास आवश्यक रहेको छ । यस्तो महत्वकांक्षी योजना बोकेको सरकारले धेरै कुरामा ध्यान दिनु पर्ने देखिन्छ । यसको लागि सबै भन्दा बढि पुर्वाधार र राम्रो वातावरणको सृजना गराउनु हुन्छ । अर्को महत्वपुर्ण पर्यटकको नेपाल बस्ने समय लम्ब्याउन सक्नु अहिलेको चूनौती रहेको देखिन्छ ।

त्यसको लागि हवाई क्षेत्र देखी होमस्टे सम्मका पुर्वाधारको व्यवस्था गर्नु पर्छ । पर्यटकीय स्थलहरुको बारेमा विदेशी तथा स्वदेशी पर्यटकलाई जानकारी गराउनु पर्छ । भ्रमण वर्ष सफल पार्नको जनताको पनि भुमिका रहेको छ । घर–घर गाउँ–गाउँमा आउने पर्यटकहरुलाई राम्रो व्यवहार, बस्ने र सुत्ने व्यवस्था गरिदिनु पर्छ भन्ने आवश्यकता रहेको छ । कुरा र नाराको भर पर्नु भन्दा कार्यान्यवन पक्षलाई ध्यान दिनु जरुरी रहेको छ । त्यसरी पर्यटन मार्फत आर्थिक समृद्धिको सम्भावना रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १३ गते सोमबार