सरकारी कार्यालयमा श्रृंखलाबद्ध चोरी



कोहलपुर ।

घटना १

गत असार १४ गते राती कोहलपुर ११, मा रहेको ज्ञान ज्योति माध्यामिक विद्यालयमा चोरी भयो । अज्ञात समूहले विद्यालयबाट कलर बाल्टी ३ वटा, नयाँ भवनमा वारिङ्ग गर्दै गरेको तार, सुझाव पेटीका लगायत अन्य साम्रगी चोरी गरेको थियो । त्यस लगत्तै ईलाका प्रहरी कार्यालयमा चोरीमा संलग्नलाई कारबाहीको लागि निवेदन दिएको भएपनि दोषिहरु अझै पक्राउ पर्न सकेका छैनन् ।

घटना २

गत भदौ १९ गते कोहलपुर नगरपालिकाको प्राङ्गगण मै राखेको मोटरसाईकल दिन दहाडै चोरी हरायो । सेवाग्राहीहरुको अध्यधिक चाप हुने नगरपालिकामा दिउँसै मोटरसाईकल चोरी हुनुले सुरक्षा चूनौतीलाई घाम झै छर्लङ देखाईदियो । नगरपालिकाका सूचना अधिकारी हरि बहादुर वलीले प्रयोग गर्ने भे १ ब १२६८ नम्बरको १५० सिसिको मोटरसाइकल हराएको थियो । जो अहिलेसम्म पनी फेला पर्न सकेको छैन ।

घटना ३

ईलाका प्रहरी कार्यालय कोहलपुरको नजिकै रहेको कोहलपुर नगर कृषि शाखाको कार्यालयबाट शनिबार राती नगद चोरी भयो । बलियो रडको प्रयोग गरेर गरिएको चोरी कार्यले कोहलपुरको सुरक्षा चूनौति रहेको पुष्टि पारिदिएको छ । प्रहरीका अनुसार कार्यालयका ढोकाहरु तोडफोड गरी बिउ विजन बिक्रिबाट जम्मा गरिएको ४१ हजार ८ सय रुपंैया समेत चोरी भएको छ । कार्यालयमा रहेका ४ वटा टेवुलको घर्रा, ४ वटा ढोका, ४ वटा ताल्चा लगायतको भौतिक संरचना समेत तोडिएको छ । तर कार्यालयमा राखिएका अन्य ईलेक्ट्रोनिक सामग्री, डेक्सटप, अन्य महत्वपुर्ण कागजमा कुनै क्षती पु¥याईएको छैन ।

माथिका घटना कोहलपुर नगरपालिकाका सरकारी कार्यालय, विद्यालय हरुमा भएका प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो समय यस क्षेत्रमा श्रृंखलाबद्ध रुपमा केही न केही चोरीका घटना भईरहेकै हुन्छन् । पटकपटक सरकारी कार्यालयमा चोेरी हुँदा लाखौं मूल्य बराबरको क्षति व्येहोर्दै आइरहेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले अहिलेसम्म चोरीमा संग्लनलाई पक्राउ गर्न सकिरहेको छैन ।
कारबाही नभएको पिडितको गुनासो अहिले सम्म चोरी, लुटपाट र तोडफोडमा संलग्न व्यक्ति माथि कारबाही नभएको गुनासो छ ।

प्रहरीमा उजुरी गर्दा समेत लामो समय सम्म दोषि पत्ता नलाग्दा त्रास कायमै रहेको उनीहरुको भनाई छ । ज्ञानज्योति माध्यामिक विद्यालय बगियाका प्रधानाध्यापक गोविन्दराज श्रेष्ठ विद्यालयमा पटक पटक चोरी हुँदा समेत अझै दोषि पत्ता नलागेको बताउँछन् । ‘इलाका प्रहरी कार्यालय कोहलपुरलाई विद्यालयको लेटरप्याडमा चोरीलाई पत्ता लगाई कारवाही गरि पाउँ भनी निवेदन दिएका थियौ’ उनले भने, ‘तर प्रहरीले चोरीमा संलग्न भएका व्यक्तिहरुलाई अझै पत्ता लगाउन सकेको छैन ।’ यस्तै कोहलपुर नगरपालिका सूचना अधिकारी हरी बहादुर वलीले मोटरसाइकल हराएको महिना विति सक्दा समेत चोर पत्ता नलागेको बताए ।

प्रहरीको भूमिका शसक्त बनाउन जोड

कोहलपुरका सरकारी कार्यालय, सरकारी विद्यालयमा चोरी बढेको प्रति राजनितिक दलहरुले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । नगरपालिका, कृषि शाखा जस्ता कार्यालयहरुमा चोरी हुनु शुभ संकेत नभएको उनीहरुले बताएका हुन् । प्रहरी र नागरिकहरुको भूमिका शसक्त बनाउनु पर्ने उनीहरुको जोड रहेको छ । नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलराम शर्मा स्वय्म कार्यालयका कर्मचारी, प्रहरी र नागरिक बीच समन्वय, साझेदारी बढाउनु पर्ने बताउँछन् । स्थानीय तहमा हुने गरेका श्रृखलाबद्ध चोरीले एक हद सम्म जनताको असन्तुष्टि रहेको समेत उनको भनाई छ ।

जनताले पनि असन्तुष्टि छ भन्दै चोरी नै गर्नु समेत राम्रो नभएको भन्दैले सबै सचेत रहन आवश्यक रहेको छ । ‘चाडपर्वको बेलामा प्रहरी गस्ती बढाउनु पर्छ’ उनले भने, ‘चोरी डकैती जस्ता कार्यमा प्रहरीको भुमिका समेत जिम्मेवार पुर्ण हुनु पर्छ ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारी भने अपराधमा राजनितिक संरक्षण हुन नहुनेमा जोड दिन्छीन् । चोरी न्युनिकरणको लागि राजनितिक दलको भूमिका सरोकारवालाई आग्रह गर्ने भएको यसमा प्रशासन र प्रहरीको भूमिका नै महत्वपुर्ण रहेको अधिकारीले बताईन् । उनका अनुसार दोषि माथि कारबाही हुनु पर्छ ।

हामी अनुसन्धान मै छौं : प्रहरी

श्रृंखलाबद्ध चोरीका घटना भइरहँदा पनि प्रहरी प्रशासनले चोरीमा संलग्न धेरैलाई नियन्त्रणमा लिएको दाबि गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाही चोरी लगायतका घटनामा प्रहरीले निरन्तर अनुसन्धान गरिहेको बताए । उनका अनुसार चोरी कार्यमा फरार रहेकाहरुको खोजी कार्य प्रहरीले गरिहेको छ । प्रहरी नायब उपरीक्षक शाहीले चाड पर्व नजिकीदै गर्दा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको बताएका छन् । उनले अन्य प्रकारका चोरीमा संलग्नलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेकोले चाँडै अन्य घटनामा सग्लनहरु समेत पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १३ गते सोमबार