8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

कर्णालीको समग्र विकासका लागि गुणस्तरीय शिक्षा अपरिहार्य  ः सांसद रावत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६  

असोज १२, सुर्खेत

चेत नारायण पाण्डेय

कर्णाली प्रदेशको विकासका लागी शिक्षा अपरिहार्य रहेको सुर्खेत क्षेत्र नं. २ का सांसद नवराज रावतले बताएका छन। सुर्खेतको वीरेन्द्रनगर १० स्थित जनसेवा मा. वि घुस्राले आयाजना गरेको दशै, तिहार शुभकामना आदान प्रदान तथा नयाँ भवनको उद्घाटन समारोहमा बोल्दै सांसद रावतले बताएका हुन।

उनले कर्णाली प्रदेश एक भौवलिक बिकट क्षेत्र भएको भन्दै यसको समग्र विकास गर्न प्रविधिक शिक्षानै प्रमुख कारक तत्व रहेको बताए।

उनले भने बिद्यालयले ३ बर्षे कृषि बिज्ञानका कक्षा संचालन गर्न लागेको र स्नातकमा तहमा बाली विज्ञान जस्तो विषय पढाउने योजना बनाएर काम गर्ने सोच बनाएकोमा खुसी व्यक्त गर्दै योजना लिएर आउन र आफु सक्दो सहयोग गर्ने प्रर्तिवद्धता व्यक्त गरे।

त्यस्तै कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अधक्ष्य तथा वीरेन्द्रनगर वडा नं. ११ का अधक्ष्य समेत रहेका नन्दालाल शर्माले विद्यालय छाप्रोबाट सुचारु भई हाल दुईतले तिन ओटा पक्की भवन समेत बनाएर कक्षा संचालन भएकोमा आफु सम्पुर्ण शिक्षक विद्यार्थि तथा अभिभावक समेतलाई धन्यबाद ग्यापन गर्दै आगामी दिनमा अझ साथ सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

त्यस्तै विद्यालयका प्रधानाध्यापक भक्त बहादुर शाहिले गत बर्षका केहि कक्षाहरु बाहिर चौरमा कक्षा संचालन गर्नुपरेको भन्दै यस बर्षका कक्षाहरु नयाँ निर्मित भवनमा संचालन गर्न पाएकोमा आफुहरु विश्वीत भएको भन्दै आगामी दिनमा संचालन गर्न लागेको ३ बर्षे बालि बिज्ञानको अध्यान अध्यापन संचालन गर्ने योजना रहेकाले यसका लागी सहयोग गर्न अनुरोध गरेका छन्।

विद्यालयको चार कोठे भवन सांसद नवराज रावतको सांसद विकास कोषको मु.अ. कर सहित १८ लाख र वीरेन्द्रनगर नगरपालीका वडा नं. १० को कार्यलयको रु १० लाखमा पुरानो चार कोठे भवनको एक तला थप गरीएको जनकारी दिए । विद्यालय भौतिक रुपम अझै ससक्त नभई सकेको अवस्थामा केन्द्र, प्रदेश सरकार लगाएत सबैमा भातिक सरयोग गरीदिन अनुरोध गरेका छन।

प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     3:12:08 PM  |