प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेश बिन्दुको रुपमा रहेको बाँकेको कोहलपुर नगरपालिका विकासको चरणमा रहेको छ । विस्तारै शहरीकरण र औद्योगिककरणको बिन्दुमा रहेको यो नगरपालिका बाँकेका सुगम स्थानीय तह मध्ये एक हो । क्विन एण्ड ग्रिन सिटीको योजना लिएको नगरपालिकाले थुप्रै गौरवका योजनामा विकासको लक्ष्य समेत लिएको छ । कोहलपुरको विकास, सेवा प्रवाह, योजना कार्यान्यनको अवस्थाका विषयमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत वीरेन्द्रदेव भारती सँग मिसन टुडे संवाददाता शुभाकर विश्वकर्माले गरेको कुराकानी ।
अधिृकत वीरेन्द्रदेव भारती
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय
१. नगर समृद्धिको लागि के–के छन् आगामी योजना ?
चालु आर्थिक २०७६÷०७७ के के काम गर्र्ने भनेर पाँचौ नगर सभाले पारित गरेका योजनालाई प्राथमिकताका साथ अघि बढाउँछौ । नगर सभाले पारित गरेका नीति तथा कार्यक्रम र योजनामा आधारित भएर नै कार्यान्वयनको चरणमा जान्छौ । विस्तारै कोहलपुरको समृद्धिको यात्रामा रहेको यहाँहरुलाई थाहा नै छ । त्यसै यस नगरपालिकाले केही गौरवका योजना समेत अघि सारेको अवस्था छ । ती बहुवर्षीय योजना कार्यान्वयनको लागि सबैको साथ र समर्थनका साथ हामी अघि बढ्ने छौ भन्ने विस्वास दिलाउन चाहन्छौ । ती मध्ये पनि केही शुरु भईसकेको अवस्था छ । भने केही योजना शुरुवात गर्ने चरणमा समेत रहेका छन् ।
२. कस्ता–कस्ता योजनालाई कोहलपुरले गौरवका योजनाका रुपमा राखेको छ नि ?
बाँकेका सबै स्थानीय तहहरुको साझेदारीमा कोहलपुर १२ मा बृहत् पशु बधशाला निर्माण गर्दैछौं । यो क्षेत्र कै सबैभन्दा ठुलो योजनाको रुपमा बधशालालाई लिएका छौं । यस्तै तीन प्रदेशको प्रवेश बिन्दुको रुपमा रहेको कोहलपुरमा नगर विकास कोषसँगको सहकार्यमा करिब ४० करोड लागतमा लामो दुरीको बसपार्क निर्माणलाई पनि गौरवको योजनाको रुपमा नगरपालिकाले लिएको छ । भने यस्तै कोहलपुरको पहिचानको रुपमा भ्यु टावर निर्माणको लागि पनि प्रारम्भिक काम शुरु भईसकेको छ । यो दश तले हुनेछ । यो वर्ष भित्रि सडक १२ किलोमिटर सडक निर्माण गर्ने छ, बाल अस्पताल, कर्बड हल निर्माण, ५० शैयाको अस्पताल नगरपालिकाले नै बनाउने योजना रहेको छ ।
३. कसरी कार्यान्वयनमा लैजानु हुन्छ नि गौरवका योजनालाई ?
नगरपालिकाले दीर्घकालिन सोचका साथ गौरवका योजना निर्धारण गरेको छ । सबै गौरवका योजनाहरु एकै वर्ष सम्पन्न गर्न सजिलो पनि हुदैन । ती मध्ये १२ किलो मिटर भित्रि सडक कालोपत्रे यसै आर्थिक वर्षको अन्त्य सम्म सकिन्छ । अन्य योजनाहरुको वर्षेनी प्राथमिकताको आधारमा बन्दै, निर्माण हुदै जान्छन् । ती सबै योजनाहरु बहु वर्षीय योजना अन्तर्गत ठेक्का प्रणालीबाट नगरपालिकाले योजना सम्पन्न गर्दै जाने हो । यि योजना मध्ये १२ किलोमिटर सडकलाई नियमित काम भन्दा पनि हुन्छ । एउटा स्थानीय तहले एक आर्थिक वर्षमा १२ किलो मिटर सडक बनाउनु राम्रै कार्य हो । अन्य योजना मध्ये केही योजना चालु आ.व. मै शुरु हुन्छन् । सबै गौरवका योजनाहरु नगरपालिकाले बढिमा ३ वर्ष सम्म सम्पन्न गर्छ । यसै योजना अन्र्तगत चाईनिज कम्पनी सँगको सहकार्यमा १ सय मेगावाट सोलार ईनर्जी प्रोडक्ट गर्दै छ । यो पनि निकै महत्वकांक्षी योजना रहेको छ । यसले बाँके आसपासका चार वटा जिल्ला सम्म विजुली बेच्न सक्छ । यो दुई वर्ष भित्र बन्ने हो, यो योजना सम्पन्न भयो भने कोहलपुर पुर्ण रुपमा लोडसेडिङ मुक्त हुन्छ ।
४. कोहलपुरमा कर्मचारीको ईमान्दारिता, बफदारिता कस्तो पाउनु भयो ?
यसमा तपाईले भन्नु भएको जस्तै पक्कै पनि कर्मचारीमा विविधता रहेको छ । विभिन्न समुह चरणमा रहेकोले पनि यस्तो भएको हुनुलाई अन्यथाका रुपमा लिनु हुदैन जस्तो लाग्छ मलाई । देशभर झै यस नगरपालिकामा समेत कर्मचारीको समायोजनाको प्रभाव देखिएको छ । अन्य स्थानीय तहहरुको जस्तो कर्मचारी खोज्नु पर्ने, माथिल्ला निकायमा कर्मचारी माग्नु पर्ने अवस्था छैन । कोहलपुरमा नगरपालिकामा कर्मचारी धेरै हुनुहुन्छ । सुगम क्षेत्र भएकोले पनि कोहलपुर कर्मचारीहरुको रोजाईको क्षेत्र भएको मैले पाएको छु । तपाईको प्रश्न अनुसारको कुरा गर्ने हो भने कर्मचारी, नियम, परिधि र सिमा भित्र बाँधिएको हुन्छ । कर्मचारी राज्यको निति र नियम तथा स्थानीय तहको अनुशासनमा रहनै पर्छ । यस नगरपालिकामा कतै कर्मचारीमा त्यस्तो अवस्था रहेछ भने पनि त्यस्तो हुन दिईदैन ।
५. कर्मचारी कर्तव्यमुखी भन्दा बढि अधिकारमुखी भए भन्ने आरोप छ नि तपाईले कसरी लिनु भएको छ ?
कर्मचारीहरुमा टे«ड युनियनको कुरा जहाँ सम्म छ, टे«ड युनियन कर्मचारीको पेशागत अधिकार पनि हो । नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने एकल टे«ड युनियनका नाममा राजनिति गर्ने प्रवृत्ति देखिन्छ, त्यो राम्रो कुरा होईन् । कुनैपनि हालतमा यसको पक्षमा म छैन । कोहलपुर नगरपालिकाको हकमा एकल टे«ड युनियन भन्ने छुट्टै संघ, संगठन छैन । कोही साथीहरु आधिकारिक टे«ड युनियन सँग आवद्ध हुनुहुन्छ होला । तर कर्मचारीले काम गर्ने हो, राजनिति गर्न पाईदैन । जनताका सेवा नै पहिलो रोजाई हुनु पर्छ कर्मचारीहरुको ।
६. जनप्रनितिधिहरुमा विकास प्रतिको आकर्षण÷चाहाना कस्तो पाउनु भयो ?
नेपालमा लामो समय कर्मचारी तन्त्र रह्यो । करिब दुई दशक त चुनाव नै हुन सकेन । लामो समय निर्वाचित जनप्रतिनिधिहरुको अभावको अवस्थामा रहेको अवस्था थियो । पछिल्लो समय खुसीको कुरा भन्नु पर्छ । जनप्रतिनिधिहरु निर्वाचित भएर आउनु भएको छ । यो आफैमा एक सरकार हो । स्थानीय सरकार सञ्चालनको जिम्मा पनि जनप्रतिनिधिहरुलाई छ । कर्मचारी कार्यान्वयनको पाटो सम्हाल्ने हो । कतिपय अवस्थामा कर्मचारी र जनप्रतिनिधि बीच बेमेल भएको समेत देखेको छु । तर जनप्रतिनिधिहरु त आफैमा अधिकार सम्पन्न हुनुहुन्छ । जहाँ सम्म कोहलपुरको कुरा छ । मैले अहिले सम्म त्यस्तो देखेको छैन । यहाँका जनप्रतिनिधि नि विकासमा निष्ठावान हुनुहुन्छ भन्ने विस्वास मैले लिएको छु ।
७. अन्त्यमा, अहिलेको कोहलपुर र तपाई यहाँबाट जाँदा सम्मको कोहलपुर कस्तो हुन्छ ?
भर्खरै आएको छु, नयाँ जोस र जाँगर पक्कै पनि छ । विकास र परिर्वतन भन्ने कुरा एक्लैले सम्भव पनि हुदैन । कोहलपुरको विकासको लागि मैले मात्रै गरेर हुने होईन । सहकर्मी कर्मचारी साथीहरु, जनप्रतिनिधिहरुक सँगको सहकार्य, समन्वय र साझेदारीमा पक्कै पनि राम्रो काम गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । आफ्नो तर्फबाट सधै राम्रो गर्ने प्रतिवद्धता सहित सबै कुरालाई चलायमान बनाएर पक्कै पनि कोहलपुरको विकास र समृद्धिका लागि यहाँ रहुञ्जेल सहकार्य रहने छ । यहाँको मिडिया सँगको सहकार्यलाई पनि अनिवार्य ठानेको छु । नीजि क्षेत्र र साझेदार संघ सस्थाहरु सँग पनि मिलेर जाने छौ । कोहलपुरबासीको खुसीको लागि सबैको सहयोग आवश्यक छ । यति भन्न चाहन्छु जाने बेला अवसरमा मिलेमा तपाईहरुलाई यो–यो काम गरे भनेर पक्कै देखाउने छु ।