1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

सनराइजद्वारा कम्मल वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६  

कोहलपुर ।

आफ्नो वार्षिकोत्सवको अवसरमा सनराइज बैंक शाखा कार्यालय कोहलपुरले अपाङ्ग असहाय, जेष्ठ नागरिकलाई कम्मल वितरण गरेको छ । शनिबार १२ औं वार्षिकोत्सवको अवसरमा कोहलपुर नगरपालिका ५ का ३१ जना अपाङ्ग, असहाय, जेष्ठ नागरिकलाई कम्मल वितरण गरेको हो । कोहलपुर नगरपालिका उपप्रमुख तथा सामाजिक सुरक्षा कार्यक्रम अनुगमन मूल्याङ्कन समिति संयोेजक सञ्जु कुमारी चौधरी र सनराइज बैंकका शाखा कोहलपुर प्रबन्धक मनोज कुमार आचार्यले संयूक्त रुपमा कम्मल वितरण गरेका थिए ।

नगर उपप्रमुख चौधरीले सामाजिक सुरक्षा भत्ता लिन कुनै समस्या नहुने बताइन् । खानेपानी, शौचालय, सिडीबाट माथि चढ्ने समस्याले आफ्नो सुरक्षा भत्ता लिन समस्या हुने गरेको उनको भनाई छ । नगर उपप्रमुख चौधरीले सामाजिक सुरक्षा भत्ता घरआगनमा पु¥याउने उद्वेश्यले बैंकहरुसँग सम्झौता भइसकेको जानकारी दिइन् । सनराइज बैंक शाखा कोहलपुरका शाखा प्रबन्धक आचार्यले बैंकले स्वास्थ्य, शिक्षामा, वृक्षारोपन लगायतका अन्य कार्यक्रममा सहयोग गरिरहेको बताए । उनले बैंकले सहज र सरल तरिकाले सेवा पु¥याउने जानकारी दिए ।

कम्मल वितरण कार्यक्रममा कोहलपुरका नगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद तिवारी, वडा सचिव, बैंकका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । सनराइज बैंकका देशभर १ सय २२ वटा शाखा रहेका छन् ।

प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     8:28:46 AM  |