8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

‘किसानले पाउने अनुदानमा राजनिती हावी भोे’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६  

डिल्ली शाही ।  बाँकेका व्यवसायिक किसानहरुले कृषि अनुदानमा राजनितीक दावी भएको बताएका छन् । बाँकेको कोहलपुरमा शनिबार भएको व्यवसायिक किसान भेला बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । राजनितीक आधारमा भन्दा पनी वास्तविक कृषकहरुको पहिचान गरी अनुदान दिनुपर्नेमा उनीहरुले जोड दिएका थिए । आर्थिक उपार्जन र हौसला दिनको लागि समेत वास्तविक कृषकहरुको पहिचान गरेर सरकारले अनुदान दिनुपर्ने अगुवा किसानहरुको तर्फ गरेको थियो । चार बर्षदेखि व्यवसायिक गाइपालन गरिरहेका बैजनाथ गाउँपालिका ४ का दिप बहादुर गुरुङले आफुले अहिलेसम्म अनुदान देख्न समेत नपाएको भन्दै आक्रोश पोखे ।

‘राजनितीक पहँुच भएको व्यक्तिहरुले अनुदान पाएका छन्’ उनले भने, ‘कृषकलाई पैसा दिने होइन साम्रागी वितरण गर्ने हो ।’ झोेले मात्र डकुमेन्ट हुने आफ्ना आसेपासेलाई मात्र अनुदान दिइने गरेको बताउँदै उनले आक्रोश पोखे । तिला कर्णाली बंगुर पालन फर्मका सञ्चालक विर्ख बहादुर बुढा क्षेत्रीले नेपाल कृषि प्रदान देश भनिन्छ तर हाम्री कृषकको दुःखमा कोही छैन । ‘बंगुहरुलाई दाना पानी खुवाउने समेत पैसा हुँदैन’ उनले भने, ‘हामीलाई पैसा होइन दाना दिनुहोस् अनुदान होइन् ।’ वास्तविक कृषकको कार्ड बनाइयो भने सहज र सरल तरिकाबाट हामीले राज्यको सहयोग पाउने समेत उनले विस्वास व्यक्त गरे । कोहलपुर नगरपालिका ५ मा सुविदिप पुष्प उद्यान केन्द्र सञ्चालन गरेकी विष्णु कुमारी चौधरीले हामी जस्ताले कहिले सरकारबाट सहयोग पाउने भनेर प्रश्न गरिन् ।

‘पुष्प उद्यानबाट एक पटकमा अढाई क्वीन्टल फुल उत्पादन गरिरहेकी छु’ उनले भनिन्, ‘मेरो दुःखलाई न त संघिय, प्रदेश र स्थानीय कुनै पनि तहबाट सहयोग
छैनन् ।’ बाहिरबाट ल्याईका फुलहरु नेपालको बजारमा छ्यापप्छाप्ती रहेका छन् तर स्वदेशमा नै उत्पादन गरेका किन खपत हुँदैन ? भन्दै उनले प्रश्न गरिन् । ‘राजनितीक पहुँचमा भएका कृषकहरुलाई भने प्रत्येक वर्षमा अनुदान दिइन्छ’ चौधरीले भनिन्, ‘वास्तविक कृषकहरुले अब कहिले सरकारी अनुदान
पाउने ।’ जग्गा लिजमा लिएर आठ कठ्ठामा हजारीका फुलहरु उत्पादन गरिरहेको उनले बताइन् । ‘चैत बैशाखमा उत्पादन भएको दुई क्वीन्टल हजारीका फुलहरु कोहलपुरको शित भण्डारमा स्टोर गरेर राखेको नष्ट भएको छ’ चौधरीले भनिन्, ‘नेपाल सरकारबाट कृषकहरुलाई सम्बन्धीत व्यवसायीहरुको तालिम सञ्चालन ल्यायो भने हामी सबै कृषकहरुको हित हुने थियो ।’

कार्यक्रममा बोल्ने किसानहरुले अनुदानको नाममा पैसा बाँड्नुभन्दा पनी साम्रगी दिन आग्रह गरेका थिए । कार्यक्रममा किसानहरुको प्रश्नको जवाफ दिदै प्रदेश नं. ५ की भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री आरती पौडेले पहिलो पटक सबै कृषकहरुलाई समेट्न नसकिएको दाबी गरिन् । ‘हिजो एउटा पार्टिले भोट दिएर जिते पनि आज सबैको प्रतिनिधि हुँ’ उनले भनिन् ‘मेरो कमिटिको नारायण गौडेल लगायत सहकर्मी साथिहरुलाई सोध्छु ।

सबै मिलेर विकास गर्ने हो ।’ सबैले पसिना बगाएर यो व्यवस्था ल्याइएको भन्दै मन्त्री पौडेलले व्यवस्थालाई टिकाउने, सबै जनतालाई चखाउने सबै जनताको भएको बताइन् । ‘कुनै घमण्ड गर्नुपर्ने छैनन्’ उनले भनिन्, ‘यो ठाउँलाई विकास गरिसकेपछि विकसित ठाउँको नेता जो पनि हुनसक्छ । सबैको सेवा गरेर, मन जितेर राजनितिक गर्ने हो ।’

प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     8:15:32 AM  |