राजापुर, बर्दिया ।
बर्दियाको राजापुर नगरपालिकामा रहेको बसपार्कलाई व्यवस्थित बनाइने भएको छ । पछिल्लो समय बसपार्कमा सवारी साधनको चाप बढेसँगै उक्त बसपार्कलाई व्यवस्थित गर्न राजापुर नगरपालिका जुटेको हो । दशै अगाडि नै बसपार्कलाई व्यवस्थित गर्नको लागि कामको थालनी भइसकेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्तराज अधिकारीले जानकारी दिए ।
‘बजारमा रहेको बसपार्कलाई व्यवस्थित गर्नको लागि कामको सुरुवात भइसकेको छ’ उनले भने, ‘अब केही दिनमा नै बसपार्कलाई व्यवस्थित गर्ने काम सम्पन्न हुनेछ ।’ केही दिनअघि नगर प्रमुख शिवप्रसाद चौधरीको नेतृत्वमा सरोकारवालाहरुको टोलीले बसपार्कको अनुगमन गरेको थियो । अनुगमन टोलीले दिएको सुझावको आधारमा बसपार्क व्यवस्थित गर्न लागिएको हो ।
अहिले बसपार्कमा ढुङ्गा, गिट्टी, बालुवा बिछ्याउने काम भइरहेको छ । हुलाकी राजमार्ग बनेसँगै राजापुर बसपार्कमा सार्वजनिक सवारी साधनको चाप समेत बढेको छ । दशै तिहार मनाउन घर जाने र फर्किने यात्रुहरुलाई सहज होस् भन्ने उद्वेश्यका साथ बसपार्क व्यवस्थित बनाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्