8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

विद्यार्थी संगठनद्धारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६  

 कोहलपुर :

नेपाली हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशै र तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

 नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को भातृ संगठन अनेरास्ववियु र अखिल (क्रान्तिकारी)को आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

विद्यार्थी संगठनको बागेश्वरी बहुमुखी क्याम्पस कमिटि द्वारा  आयोजना गरिएको कार्यक्रममा दिवै संगठनका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

दशै, तिहार र छठलाई भव्य तथा सभ्य रुपमा मनाउनको लागि सबैलाई आग्रह गरिएको छ ।

उक्त अवसरमरमा बोल्दै अनेरास्ववियु बाके जिल्ला कमिटि अध्यक्ष मोहित शाहले तत्कालिन एमाले र माओबादी निकट विद्यार्थी संगठनको एकता कार्यक्रम समेत भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाहका अनुसार  बाँकेको विद्यार्थीहरुको हक र हितका लागि सबै एकजुट रहन आवश्यक रहेको छ ।

कार्यक्रममा निमित्त क्याम्पस प्रमुख खगराज पन्तले विद्यार्थीहरुलाई पढाई संगै स्वच्छ राजनितिको लागि विजया दशमीले शक्ति प्रदान गरोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

विद्यार्थी नेता हेमन्त भट्टराईले कार्यक्रम सौहार्द पुर्ण वातावरणमा सम्पन्न भएको र सहभागि सबैलाइ धन्याबाद व्यक्त गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६     11:29:33 AM  |