नेपालगञ्ज ।
संघिय सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गत भदौं २४ गतेदेखि सुरु गरेको दोस्रो चरणको जागरण अभियान बाँकेसहित देशभर समापन भएको छ । दोस्रो चरणको जागरण अभियान समापन पुर्व बाँकेको नेपालगञ्जमा काँग्रेस बाँकेले प्रर्दशन गरेको थियो । प्रर्दशनमा सहभागिहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । नेपालगञ्जको औद्योगिक क्षेत्र अगाडि रहेको पार्टी कार्यालयबाट सुरु भएको प्रर्दशन विपी चोक, धम्बाझी चोक, सहिद सेतु चोक हुदै त्रिभुवन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । नेपालगञ्जको अतिव्यवस्त त्रिभुवन चोकमा गरिएको कोणसभालाई सम्बोधन गर्ने नेताहरुले खजुरा गाउँपालिकाको सीतापुरमा काँग्रेसको जागरण अभियानमा युवाहरुले गरेको आक्रमणको निन्दा गरेका थिए ।
गत भदौ २६ गते केही नेकपा सम्बद्व युवाहरु कार्यक्रम स्थलमा पुगेर काँग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिदिएको काँग्रेसले आरोप लगाउँदै आएको छ । विवादपछि त्यहाँ आयोजना गरिएको जनजागरण अभियानको कार्यक्रम विथोलिएको थियो । काँग्रेस सचेतक पुष्पा भुसालले वर्तमान सरकार तानाशाही बनेको भन्दै आक्रोस व्यक्त गरिन् । सीतापुर घटनाको निन्दा गर्दै उनले घटनामा संलग्नहरुलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन नसक्नु लज्जाको बिषय भएको बताइन् । वर्तमान सरकार हत्या, हिंसा, बलात्कार लगायतका काण्ड, सुन काण्ड, वाइडबडी जस्ता काण्डै काण्डमा फसिरहेको उनले आरोप लगाइन् । काँग्रेस सचेतक भुसालले देशमा नयाँ संविधानमार्फत व्यवस्था फेरिए पनि कम्युनिष्टको कारण पूर्वराजादेखि वर्तमान व्यवस्थाविरोधीहरु सल्बलाउन थालेको बताइन् ।
संविधान विपरित ऐन कानून निर्माणमा सरकारले जबरजस्ती गरे कांग्रेसले सशक्त प्रतिकार गर्ने उनले चेतावनी दिइन् । नेपालगञ्जमा भएको कोणसभालाई काँग्रेस बाँकेका सभापति किरण कोइराला, जागरण कार्यक्रमका केन्द्रीय प्रतिनिधि विद्या खनाल, मालती सोडारी, मोहनसिंह राठौंर, पूर्व पार्टी सभापतिको तर्फबाट युवराज शर्मा, क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेविसंघ बाँकेका अध्यक्ष पूर्णप्रसाद आचार्य लगायतले सम्वोधन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्