16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउँदै देशलाई समृद्ध बनाउनुपर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६  

धनकुटा ।

प्रदेश नम्बर १ को प्रदेशसभा, न्याय, कानून तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउँदै देशलाई समृद्ध बनाउनेतर्फ सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वर्तमान संविधानबाट मुलुकलाई छिट्टै समृद्ध बनाउन सकिने उल्लेख गर्दै यसको कार्यान्वयनमा सबै गम्भीर भएर लाग्नुपर्ने बताउनुुभयो ।

कार्यममा प्रदेशसभा सदस्य नीरन राईले जनताका भावना, चाहना र संविधानअनुरूप तीनै तहको सरकारले राज्य सञ्चालन गरिरहेको बताउनुभएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरे, नेपाली काङ्ग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेलगायतले संविधान दिवसको अवसरमा शुभकामना दिनुभएको थियो ।

दिवसलाई भव्यरूपमा सम्पन्न बनाउन धनकुटाको भीमनारायण चोकबाट विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधि, नागरिक समाजलगायतको ¥यालीले धनकुटा बजारको विभिन्न भागको परिक्रमा गरेको थियो । – रासस

प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६     10:03:48 AM  |