सुदीप अधिकारी । बर्दिया ।
जिल्लास्थित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त हेल्पडेस्क स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै सीमा क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाबलको संयुक्त हेल्पडेस्क स्थापना गरिएको हो । नेपाल भारत सीमा क्षेत्रमा पर्ने सुरजपुरमा हेल्पडेक्स स्थापना गरिएको छ । विजया दसै, तिहार र छट पर्वलाई मध्यनजर गर्दै बर्दिया सदरमुकाम गुलरियाको नेपाल—भारत सीमाक्षेत्रमा हेल्पडेस्कको स्थापना गरि संयुक्त गस्ती समेत सुरु गरिएको छ ।
चाडपर्वका वेला सुरक्षालाई मध्यनजर गरि सीम ाक्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र भारतीय सीमा सुरक्षावलको संयुक्त गस्ती समेत सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हेडक्वाटर बर्दियाका शसस्त्र प्रहरी उपरीक्षक यादब बिश्वकर्माले वताए । सीमा क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रण गर्नका लागि संयुक्त हेल्पडेस्क स्थापना गरिएको बताइएको छ । सीमा क्षेत्रमा हेल्पडेकस स्थापना गरि संयुक्त गस्ती हुन थालेपछि सीमा क्षेत्रका बासीन्दा खुशी भएका छन् । उनीहरुले सीमा क्षेत्रमा सुरक्षाको महशुस भएको बताएका छन् ।
बर्दियाको सीमामा पर्ने ८० किलोमिटर नेपालभारत खुल्ला सीमानामा दुबै देशका सुरक्षाकर्मीले निगरानी बढाएका छन् । चाडपर्व नजिकिएसँगै सीमा क्षेत्रमा नेपाल—भारत आउँजाउँ गर्ने मानिसको चाप पनि बढ्ने गर्छ । सीमा नाका भएर आवतजावत गर्ने जनताहरुको सहजता र सुरक्षाका लागि हेल्पडेस्क स्थापना गरि सीमामा संयुक्त गस्ती सुरु गरिएको शसस्त्र प्रहरी उपरीक्षक यादब बिश्वकर्माले वताए ।