जन्मजात खैरो कपाललाई कालो पार्न लगाएपछि मुद्दा दर्ता



एजेन्सी, १२ कार्तिक । जापानमा एक १८ वर्षीया किशोरीलाई उनको विद्यालयले प्राकृतिक रुपमै खैरो रहेको कपाललाई बारम्बार कालो पार्न लगाएपछि उनले स्थानीय सरकारविरुद्ध मुद्दा दायर गरेकी छन्। उनले क्षतिपुर्ति समेत माग गरेकी छिन् ।

ओसाका शहर नजिकै रहेको उनको माध्यमिक विद्यालयले विद्यार्थीहरुको कपाल कालो रंगको हुनुपर्ने नियम पालना नगरिए विद्यालय छाड्न समेत दवाब दिएको ती किशोरीले बताएकी थिइन्।

ती किशोरीले कपाल कालो गर्न प्रयोग गरिएको रंगले आफ्नो कपाल र तालुमा असर पुर्‍याएको बताएकी छिन्।काइफूकान हाइ स्कूल नामक उक्त स्कुलले कपाल रंगाएका विद्यार्थीहरुलाई प्रतिबन्ध गर्ने विद्यालयको नीति रहेको बताएको छ।

जन्मजात नै आफ्नी छोरीको कपालको रंग खैरो रहेको जानकारी उनकी आमाले विद्यालयलाई गराएपनि विद्यालयले बारम्बार ती किशोरीलाई कपाल कालो गर्न निर्देशन दिएको बीबीसीमा उल्लेख छ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १२ गते आइतबार