सुर्खेत ।
कर्णाली प्रदेशमा मदिरा सेवन गर्नेलाई अनिवार्य लाईसेन्स लिनुपर्ने ब्यवस्था गर्न लागेको प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताएका छन् । पुर्णरुपमा मदिरा बन्द गर्न नसकिने भन्दै उनले नियमनका लागि मदिरा बेच्ने र खानेलाई अनिवार्य लाईसेन्सको ब्यवस्था गर्न लागेको बताएका हुन् ।
‘कर्णालीमा अव मदिरा सेवन गर्नपनि प्रमाण पत्र लिनु पर्नेछ, त्यसको लागि कर्णाली प्रदेश सरकारले तयारी थालेको छ’ उनले भने, ‘समाजमा मदिरा सेवनकै कारण हिंसा बढेकाले यस्तो नीति ल्याउन लागेको हो ।’जुम्लामा पत्रकारसँग कुराकानी गर्दै उनले कर्णालीमा छाडा रुपमा मदिरा बिक्री वितरण तथा सेवन गर्ने काम न्युनिकरणका लागि लाईसेन्स दिने ब्यवस्था अपरिहार्य भएको तर्क गरे ।
प्रदेश सरकार यस बिषयमा कानुन बनाउने उनको भनाइ छ । होटेलमा मदिरा तथा लागुऔषध सेवन गर्ने कार्य बढेको उल्लेख गर्दै होटलमा बस्ने हरेक ब्यक्तिको पहिचान सहितको तीन पुस्ते विवरण र फोन नम्बर अनिवार्य राख्नुपर्ने, माधक पदार्थ बिक्री गर्नकोलागि निश्चित स्थान र खानका लागि निश्चित समय तोक्ने जस्ता ब्यवस्था कानुनमै उल्लेख गरिने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्