1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

बाँसगढीमा बजार अनुगमन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६  

बाँसगढी, बर्दिया ।

बर्दियाको बाँसगढी बजारका विभिन्न पसलहरुमा अनुगमन गरिएको छ । बाँसगढी नगरपालिका उपप्रमुख सुष्मा चौधरीको संयोजकत्वमा रहेको समितीले बुधबार बजार अनुगमन गरेको हो । चाडपर्व नजिकिएसँगै नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । अनुगमन टोलीले म्याद गुज्रेका ८ हजार ४ सय ३० रुपैयाँ बराबरका खाद्य तथा पिय पदार्थ बरामद गरेको थियो । नगर उपप्रमुख चौधरीले अनुगमनको क्रममा म्याद नाघेका सामानहरु भेटिएको जानकारी दिइन् ।

‘बजारमा मुल्य सूचि नराखिएको साना तथा खुद्रा पसलले समेत अनुमति दर्ता नलिइ पिय पदार्थ लगायतका सामान बेचबिखन गर्ने गरेको पाइयो’ उनले भनिन्,‘पहिलोपटकलाई हामीले मुल्यसुची राख्न, पसल दर्ता गर्न निर्देशन दिएका छौं ।’ अनुगमनमा इलाका प्रशासन कार्यालय बाँसगढी, इलाका प्रहरी कार्यालय बाँसगढी, उद्योग बाणिज्य संघ बाँसगढी लगायतको सहभागिता रहेको थियो । अनुगमन टोलीले म्याद गुज्रेका खाद्य तथा पिय पदार्थ नष्ट समेत गरेको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६     8:04:13 AM  |