सर्पले डसेर किशोरीको मृत्यु



इलाम। 

विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ ।

गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उनका छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १८ गते बुधबार