कोहलपुर ।
सुर्खेतको भेरीगंगा नगरपालिका, ५ हर्रे मोडमा यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान ३ बजेर ५० मिनेटको समयमा जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको भेरीगंगा यातायात समितिको ना ४ ख ९३१७ नम्बरको बस सडकबाट १०० मिटर तल खसेको हो । मृतकमध्ये दुई महिला र एक पुरुष रहेका छन् । दुर्घटनामा चालक सल्यानको कुपिण्डे दह नगरपालिका ११ का २३ वर्षीय खिमबहादुर विकसहित ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि बरालले
बताए ।
उनका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ६ का रामबहादुर बोहरा, रुकुमको आठविसकोट नगरपालिका ९ की ललिता खड्का, डोल्पाको नर्कुकालिका गाउँपालिका ५ का कर्ण बूढा, रुकुमको चौजाहारी नगरपालिका २ का टीकाप्रसाद गौतम, जाजरकोटको नलगाड नगरपालिका २ का चंखे वादी, रुकुमको आठबिसकोट नगरपालिका ६ का जनक बोहोरा, सोही ठाउँका ४ वर्षीय बालक सूर्यकान्त बोहोरा, जाजरकोटको नलगाड नगरपालिका १३ का रामबहादुर शाही घाइते भएका छन् ।
यस्तै, रुकुम आठबिसकोट नगरपालिका–६ का कर्ण बहादुर विक, कुमारी विक, भारतको बहराइजका बुद्दुखा गुजरान, जाजरकोटको नलगाड नगरपालिका २ का तिला वादी, एक वर्षीया बालिका स्मारिका वादी, १२ वर्षीया सन्ध्या वादी, रुकुमको आठबिसकोट नगरपालिका १३ का तस्बिस नेपाली, सानोभेरी गाउँपालिका–५ का लालबहादुर बस्नेत, आठबिसकोट नगरपालिका १४ का इन्द्र प्रकाश मल्ल, जाजरकोटको नलगाड नगरपालिका २ का गोविन्द वादी, मदन वादी, बारेकोट गाउँपालिका ७ की रेश्मा सिंह बस्नेत, ७ महिने नाबालिका सुस्मिता बस्नेत, ७ वर्षीय तारा बस्नेत घाइते भएका डिएसपी रावलले जानकारी दिए ।
उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । यसैगरी घाइते भएका डोल्पाको मुड्केचुला गाउँपालिका ७ का धिरज बुढा, दैलेखको चाम्मुण्डा विन्द्रासैनी नगरपालिका–९ की सपना मल्ल, दुई वर्षीया बालिका जेनिशा थापा, बसका सहचालक रुकुमको आठबिसकोट नगरपालिका ११ का भोला परियार, डोल्पाको मुड्केचुला गाउँपालिका–१ का कमल शाहीको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । घटनास्थलमा नाम नखुलेका अन्दाजी डेढ वर्षीय बालक सकुशल फेला परेको र उनीलाई प्रहरीको साथमा राखिएको डिएपी रावलले जानकारी दिए ।
सुर्खेतको भेरीगंगा नगरपालिका, ५ हर्रे मोडमा यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान ३ बजेर ५० मिनेटको समयमा जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको भेरीगंगा यातायात समितिको ना ४ ख ९३१७ नम्बरको बस सडकबाट १०० मिटर तल खसेको हो । मृतकमध्ये दुई महिला र एक पुरुष रहेका छन् । दुर्घटनामा चालक सल्यानको कुपिण्डे दह नगरपालिका ११ का २३ वर्षीय खिमबहादुर विकसहित ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि बरालले बताए । उनका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ६ का रामबहादुर बोहरा, रुकुमको आठविसकोट नगरपालिका ९ की ललिता खड्का, डोल्पाको नर्कुकालिका गाउँपालिका ५ का कर्ण बूढा, रुकुमको चौजाहारी नगरपालिका २ का टीकाप्रसाद गौतम, जाजरकोटको नलगाड नगरपालिका २ का चंखे वादी, रुकुमको आठबिसकोट नगरपालिका ६ का जनक बोहोरा, सोही ठाउँका ४ वर्षीय बालक सूर्यकान्त बोहोरा, जाजरकोटको नलगाड नगरपालिका १३ का रामबहादुर शाही घाइते भएका छन् ।