कोहलपुर ।
बाँकेको कोहलपुरमा आजदेखि यमाहाको महामेला एक्सचेन्ज अफर सञ्चालन हुँदैछ । यमाहा मोटरसाइकल र स्कुटीको कोहलपुरका लागि आधिकारीक बिक्रेता श्रेष्ठ ट्रेड हबका सञ्चालक प्रशन्न श्रेष्ठले यहाँ पहिलोपटक महामेला एक्सचेन्ज हुन लागेको जानकारी दिए । उनका अनुसार कोहलपुरको न्यूरोड स्थित खुल्ला मैदानमा चार दिनसम्म महामेला एक्सचेन्ज चल्नेछ । महामेलाका स्कुटर र बाइकको खरिदमा अफरै अफर ल्याइएको छ ।
महामेला एक्सचेन्जमा कुनैपनी ब्राण्डको बाइक वा स्कुटरको न्यूनतम मुल्याकंन तीस हजार गरिने बताइएको छ । त्यसैगरी कुनैपनी ब्राण्डको बाइक वा स्कुटरको बजार प्रचलित मुल्याकंन भन्दा थप १५ हजार रुपैयाँ बढी दिइनेछ । एक्सचेन्ज अफरअन्तर्गत पुराना मोटरसाइकल साटेर नयाँ मोटरसाइकल लिन सकिनेछ ।
श्रेष्ठ ट्रेड हबका सञ्चालक श्रेष्ठका अनुसार बाइक वा स्कुटरको खरिदमा हेल्मेट, लेगगार्ड, पञ्जा लगायतका साम्रगीहरु निशुल्क पाइने छ । ‘कोहलपुरमा पहिलोपटक यमाहाको महामेला एक्सचेन्ज सञ्चालन हुन गइरहेको छ’ उनले भने,‘अफरै अफरले भरिएको महामेलाबाट ग्राहकहरुले सेवा लिन सक्नुहुनेछ ।’








प्रतिक्रिया दिनुहोस्