क्यान्सर पिडितलाई सांसद अथकको सहयोग



कोहलपुर  ।
बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद महेश्वरजंग गहतराजले क्यान्सर पिडित द्धन्द्धकालिन सहयोग्दालाई सहयोग गरेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं ८ का क्यान्सर पिडित हस्त बहादुर सुनारलाई उनले नगद १० हजार आर्थिक सहयोग गरेका हुन् । १० वर्षे जनयुद्ध लडेका सुनार लामो समय देखी क्यान्सर बोकेर आर्थिक उपचार बिना घर मै थलिएका छन् ।
सांसद गहतराजका कार्यालय सचिव शिब सुनारका अनुसार सांसद अथकले उनलाई चिठि नै पठाएर आर्थिक सहयोग गरेका हुन् । उक्त पत्रकम सांसद गहतराजले उनले जनयुद्धमा गरेको योगदानको पनि स्मरण गरेका छन् । क्यान्सर पिडित सुनारले सांसदलाई आफुलाई सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७६ साउन २४ गते शुक्रबार