कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेका कोहलपुर लाइन्स क्लबद्वारा पाँच वटा दराज विद्यालयलाई हस्तान्तरण गरेका छन् । कोहलपुर—१३ मा रहेको नेपाल राष्ट्रिय प्र्राथामिक विद्यालयको आर्थिक अभावको कारणले पुस्तक राख्नका लागि एउटा दराज समेत नभएकोले कोहलपुर लाइन्स क्लबले सोमबार पाँच वटा दराज हस्तान्तरण गरेको हो । कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीले विद्यालयको भौतिक संरचना बनाउनका लागि स्थानीय सरकारको अझै पनि ध्यानकेन्द्रीत हुन नसकेको बताइन् । उनले सामुदायिक विद्यालयलाई सबैले सकारात्मक रुपमा सोच्न समेत आग्रह गरिन् ।
संस्थागत विद्यालयमा आफ्ना छोराछोरी पढाएमात्र राम्रो हुने र सामुदायिकमा पढाउँदा नराम्रो हुने भन्ने धारण परिवर्तन गर्नुपर्नेमा उनले जोड दिएकी थिइन् । ‘विद्यालयका प्राधानाध्यापकले पुस्तक पसलहरुमा हाम्रो विद्यालयलाई सहयोग गर्नुप¥यो भन्दै गएका थिए’ कोहलपुर लाइन्स क्लबका अध्यक्ष कुमार उप्रेतिले भने,‘सोही अवसरमा कोहलपुर लाइन्स क्लबद्वारा सहयोग गर्ने भन्ने प्रतिबद्धता गरेका थियौ ।’ ‘विद्यालयमा भएका बालबालिका हाम्रा पनि छोराछोरी जस्तै हुन्’ उनले भने,‘त्यसैले हाम्रो सानो सहयोगले भविष्यमा राम्रो हुन्छ भने किन सहयोग नगर्ने भन्दै विद्यालयलाई सहयोग गरेका हौं ।’
नेपाल राष्ट्रिय प्राथामिक विद्यालयका प्राधानाध्यापक हस्त बहादुर खत्रीका अनुसार विद्यालयमा विद्यार्थी भाइबहिनीलाई पुस्तक राख्नको लागि दराज नभएकोले सहयोग मागेको बताए । ‘विद्यालयको छानो पनि चुहिन्छ विद्यार्थीलाई कसरी पढाउने, कस्तो शिक्षा दिने’ उनले भने,‘ विद्यालयमा एक सय ५० बराबरका विद्यार्थीहरु छन् ।’








प्रतिक्रिया दिनुहोस्