विपी स्मृती दिवस मनाइयो



कोहलपुर ।

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस सोमबार बाँकेसहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । नेपाली काँग्रेस बाँकेको आयोजनामा विपिचोकमा रहेको विपिको शालिकमा माल्र्यापण, दिउँसो विचार गोष्ठि र साँझ दिप प्रज्ज्वलन गरेर विपि स्मृति दिवस मनाईएको काँग्रेस बाँकेका सभापति किरण कोइरालाले जानकारी दिइन् ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । उनले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । आफ्नो प्रधानमन्त्रीकालमा उनले गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गरेका थिए ।

विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका थिए । यसैबिच नेपाली काँग्रेसका महामन्त्री डाक्टर शंशाक कोइरालाले सरकार तानाशाह बन्दै गएको भन्दै यस्तै अवस्था रहिरहे काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । नेपाली काँग्रेस बाँकेले विपि स्मृति दिवसका अवसरमा नेपालगञ्जमा आयोजना गरेको विचार गोष्ठिलाई सम्वोधन गर्दै उनले सरकारले बहुमतको बलमा तथानाम निर्णय गरेको भन्दै त्यसको चर्को विरोध गरे ।

सरकारले अभिव्यक्ति स्वतन्त्रता र मिडिया काउन्सिल विधेयकमार्फत प्रेस स्वतन्त्रता हनन गरेको भन्दै त्यस्ता विद्येयक काँग्रेसले पास हुन नदिने बताए । सरकारका गलत निर्णय विरुद्ध काँग्रेसले सडक र सदन दुवैबाट खवरदारी गर्ने महामन्त्री कोइरालाको भनाइ छ । उनले सरकार पूर्णरुपमा असफल बन्दै गएको बताए । विपिको आर्दश सबै काँग्रेसी कार्यकर्ताहरुमा हुनु पर्नेमा जोड उनले जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ७ गते मंगलबार