15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

स्थानीयको सक्रियतामा गाउँ झिलिमिली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ६, २०७६  

जुम्ला ।

जुम्लाको चन्ददनाथ नगरपालिकाको ढांणथपाला बस्तिका स्थानीयको सक्रियतामा गाउँमा विद्युत बलेको छ । नगरपालिका विगत लामो समय देखी लोडसेडिङको मार खेपिरहेका बेला ढाँणथपालाको स्थानीयको सक्रियता विद्युत बलेपनि स्थानीय खुसी भएका छन । स्थानीयहको सक्रियतामा ढाँणथपलाको आन्यगाडमा ६१ किलोवाटको बिजुली उत्पादन भएको छ । जुगाड खोला विद्युत सहकारी संस्थाको पहलमा विद्युत उत्पादन भएको अध्यक्ष रामकृष्ण बुढ्थापाले बताए ।

१ करोड ७७ लाख ४५ हजार रुपैयाको लागतमा विद्युत उत्पादन भएको अध्यक्ष बुढथापाले बताए । तत्कालिन जिल्लाा विकास समितिको ४ लाख ७५ हजार, शेयर सदस्यबाट १५ लाख, तत्कालिन चन्दननाथ गा.वि.स.को ५ लाख १५ हजार अहिलको चन्दननाथ नगरपालिकाको सहयोगमा विद्युत उत्पादन गरिएको हो । सदरमुकाम बासीले चर्काे लोड सेडिङ्गका खेपेको बेला ढाँणथपलाको सिंगो गाउँ नै झिलीमिली बनेको छ । पूर्व स्टिमेटमा ५८ किलोवाट उत्पादन गर्ने लक्ष्य राखिएको भएतापनि ओसिन पावर बुटवलका प्राविधिकले यहि असार २२ र २३ गते गरेको परिक्षण अनुसार ६१ किलोवाट विद्युत उत्पादन भएको अध्यक्ष बुढथापाको भनाइ छ ।

बिजुली उत्पादन भएपछि स्थानीयबासीले धेरै कुरामा सहुलियत हुनेमा विश्वस्त देखिएका छन् । माथिलो जुगाड खोलाबाट जल विद्युत उत्पादन गर्ने लामो समयको लक्ष्य पुरा भएको बुढ्थापाले सुनाए । जलविद्युत उत्पादनको न्युनतम लागत प्रतिकिलोवाट साढे तिनलाख अनुसार ६१ किलोवाटको २ करोड १३ लाख ५० हजार भन्दा पनि कम लागतमा अर्थात १ करोड ७७ लाख ४५ हजारमा समय भित्र विद्युत उत्पादन सम्पन्न भएको छ ।

‘अहिले खलंगाको लोडसेडिङ घटाउन हामीले सहयोग गरेको हो’ उनले भने ‘विद्युत बाल्न पाएपछि स्थानीय निकै खुसी भएका छन् ।’उत्पादित क्षमता अनुसार नगरपालिका भित्रका ५० प्रतिशत उपभोक्तामा विद्युत सप्लाई गर्न सकिने अध्यक्षको बुढथापाको भनाइ छ । निर्माण कार्य सुरु भएको दुई वर्ष भित्र विद्युत उत्पादन भएको हो । ढाँणथपलाका ६ सय घरधुरी रहेका छन् । सबै घरले विजुली प्रयोग गर्दा पनि आधा नगरपालिका धान्ने जुगाड खोला विद्युत सहकारी संस्थाले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, साउन ६, २०७६     11:09:47 AM  |