15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

१४ सय घरपरिवारको स्वास्थ्य बिमा गरिदैं

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन ५, २०७६  

हुम्ला ।

हुम्ला खार्पुनाथ गाउँपालिकाले आफ्ना पालिका भित्रका सबै घरधुरीका जनताहरुको स्वास्थ्य बिमा गर्ने कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा ल्याएको छ । सरकारको सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्यलाई पछ्याउँदै गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । जनताको स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई साउनबाटै सुरुवात गरिने गाउँपालिकाका अध्यक्ष कर्ण बहादर रावलले बताए ।

गाउँपालिकाका एक हजार चार सय भन्दा बढी घरधुरी भएको र उनीहरु सबैको स्वास्थ्य बिमाको सुरुवात साउनबाटै हुने उनले बताए । पाँचजना सदस्य भएको परिवारका सदस्यहरुका लागि तीन हजार पाँच सय बिमा शुल्क लाग्ने र त्यसको एक हजार गाउँपालिकाले लागत व्यहोर्ने गरी १४ लाख बजेट बिनियोजित गरिएको छ ।

जनताको उपचारमै सहज पहुँच बृद्धिका लागि यो कार्यक्रम ल्याएको पालिकाले जनाएको छ । यसरी पाउँपालिका भरिका जनताहरुको स्वास्थ्य बिमामा अनुदान व्यवस्था गर्ने खार्पुनाथ पहिलो भएको छ । गाउँपालिकाको यो कार्यक्रमले जनताको उपचारमा निक्कै सहयोग पुग्ने स्थानीय जनाएका छन् ।

प्रकाशित मितिः आइतवार, साउन ५, २०७६     10:00:56 AM  |